काठमाडौं-सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको अडियो सार्वजनिक भएपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकारप्रति व्यंग गरेका छन्।
उनले प्रधानमन्त्री केपी ओलीलाई मेन्सन गर्दै ट्वीट गरेका छन्, ‘अरुको आङको जुम्रा खोज्नुभन्दा पहिले आफ्नै आङको भैंसी हेर्ने हो कि प्रम केपी शर्मा ओलीज्यु, यही हो भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार गर्न पनि दिन्नँ भनेको ?’
.JPG)
एउटा स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बाँस्कोटाले आफूले पाउने कमिसनका लागि सेटिङ गरेको अडियो सार्वजनिक भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।