एजेन्सी– बलिउड अभिनेता कमल हसनको फिल्म ‘इण्डियन टु’ को सेटमा क्रेन दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
बुधबार भएको उक्त दुर्घटनामा ९ जना घाइते भएका छन्। अभिनेता हसन भने सकुशल छन्। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
नजरतपटस्थित एउटा निजी स्टुडियोमा सुटिङ भइरहेका बेला उक्त दुर्घटना भएको हो । प्रहरीले घटनाका बारेमा विस्तृत जानकारी दिएको छैन।
तमिल भाषामा निर्माणाधीन एक्सन थ्रिलर उक्त फिल्मको निर्देशन एस शंकरले गरिरहेका छन्। यो १९९६ मा निर्माण भएको फिल्म ‘इण्डियन’ को सिक्वेल हो। फिल्ममा कमल हसन र काजल अग्रवालको मुख्य भूमिका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।