काठमाडौं– विशेष अदालतले काभ्रे जिल्लाको तत्कालीन खहरेपाँगु गाविसका सचिव लेखनाथ पौडेललाई भ्रष्टाचारी ठहर गरेको छ।
सेवाग्राहीसँग चार हजार रुपैयाँ घुस लिएका सचिवलाई दोषी ठहर गर्दै विशेषले सोही बराबर जरिवाना गर्ने फैसला सुनाएको छ। १५ दिन कैद हुने फैसला समेत विशेष अदालतले सुनाएको छ।
न्यायाधीशहरु द्वारिकामान जोशी, चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलासले पौडललाई दोषी ठहर गर्ने फैसला सुनाएको हो।
पौडेल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७२ जेठ १४ गते आरोपपत्र दायर गरेको थियो। पौडेलले सम्बन्ध विच्छेदको कागज बनाएवापत चार हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको दाबी गर्दै अख्तियारले विशेषमा मुद्दा हालेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।