एजेन्सी–बलिउड ग्ल्यामर फोटोग्राफर डब्बु रतनानीको ग्ल्यामर क्यालेन्डरमा बलिउडका कलाकारहरुले बोल्ड फोटो सुट गराएका छन्।
रतनानीले आफ्नो क्यालेन्डरमा बलिउड अभिनेत्री कियारा, भूमि पडनेकरले टपलेस फोटो सुट गरेका छन्।
ऐश्वर्या राय, कृति सेनन, अनन्या पाण्डेय, जैकलिन फर्नान्डिसको बोल्ड फोटो उनको क्यालेन्डरमा समेटिएको छ।
बलिउड फिल्म कबिरमा गरेको दमदार अभिनयले दर्शकमाझ चाँडै पहिचान बनाउन सफल अभिनेत्री कियाराले पात पछाडि उभिएर टपलेस तस्विर खिचाएकी छिन्। उनले तस्बिर सार्वजनिक भएपछि अहिले विभिन्न ट्रोलहरु समेत बनिरहेका छन्।
कृतिले कपडा फुकाल्दै गरेको पोज दिएर बोल्ड फोटो सुट गरेकी छिन्। अर्की अभिनेत्री भूमिले बाथ टबमा टपलेस फोटो सुट गरेकी छिन्। सन् १९९९ मा पहिलो पटक डब्बु रतनानीको क्यालेण्डरका लागि फोटो सुट गराएकी ऐश्वर्या सन् २०२० को क्यालेण्डरमा समेत समावेश भएकी छिन्।
अनन्या पाण्डेय फुटबलसहित स्पाेर्टी लुक्समा छिन् भने जैकलिन घोडासहित बोल्ड लुक्समा क्यालेण्डरमा छाएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।