सिओल- भ्रष्ट्राचार मुद्दामा कोरियाका पूर्व राष्ट्रपति लि म्युङ वाकलाई १७ वर्षको जेल सजाय सुनाइएको छ।
कोरियाको अटोमोवाइल सामसुङ कम्पनीको भ्रष्ट्रचार मुद्धामा दोषी ठहर गर्दै बुधबार कोरियाको सउल उच्च अदालतले उक्त सजाय सुनाएको हो।
अदालतले वाकलाई १० दशमलव ४ मिलियन डलर र अतिरिक्त ८ दशमलव ८ मिलियन अमेरिकी डलर जरिवाना समेत तोकेको छ।
यसअघि उनलाई तल्लो अदालतले १५ वर्ष भ्रष्ट्राचारमा दोषी ठहर गर्दै १५ वर्षको जेल सजाय सुनाएको थियो। वाक गत वर्ष मार्चमा छुटेका थिए, उच्च अदालतको उक्त सजायको फैसलासँगै बुधबार पुनः पक्राउ परेका छन्।
कोरियामा भ्रष्ट्राचार मुद्धामै यसअघि अर्की राष्ट्रपति पार्क ग्युन हेइलाई यहाँको अदालतले ३० वर्षको जेल सजाय तोकेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।