काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खरिपाटी क्वारेन्टाइनमा रहेका सबै जना स्वस्थ रहेका छन्।
चीनको वुहानबाट उद्धार गरी ल्याएका सबैको प्रयोगशाला परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण नरहेको पाइएको छ।
क्वारेन्टाइनमा रहेका सबैको थ्रोट स्वाब (घाँटीको र्याल) परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण नभेटिएको हो। उनीहरुकाे नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो।
वुहानबाट उद्दार गरेर ल्याइएका १७५ नेपालीलाई त्रिभुवन विमानस्थलमा आवश्यक स्वास्थ्य जाँचपछि खरिपाटीस्थि क्वारेन्टाइनमा लगिएको थियाे। क्वारेन्टाइनमा उनीहरुलाई बस्न विशेष व्यवस्था मिलाइएको छ।
तस्बिर: रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।