काठमाडाैं- राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले चालु आर्थिक वर्षको पहिलो ७ महिना अवधिमा अपेक्षित बजेट खर्च हुन नसक्दा साढे ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सरकारलाई सकस हुने बताएका छन्।
बुधबार संघीय संसदअन्तर्गतको अर्थ समितिमा हालसम्म भएको बजेट खर्च, राष्ट्रिय गौरवका आयोजनाको प्रगति, बजेट खर्च गर्न नसकेका आयोजना र प्रोजेक्ट बैंकको अवस्थाबारे जानकारी गराउँदै उपाध्यक्ष कँडेलले अहिलेकै काम गराइको अवस्थाले आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त गर्न गाह्राे हुने बताए।
चालु आर्थिक वर्षको फागुन ५ गतेसम्ममा बजेट खर्च ३३ दशमलव १६ प्रतिशत रहेको छ। जसमध्ये चालुगत ४० दशमलव ३३, पूँजीगत १९ दशमलव ३३ र वित्तीय व्यवस्थापनतर्फ २५ दशमलव १२ प्रतिशत बजेट खर्च भएको छ। कँडेलले सरकारले गैर बजेटरी खर्च नियन्त्रण गर्न नसकेको बताए। बजेट शीर्षकबाहिर खर्च गर्ने प्रवृत्तिका कारण आर्थिक अनुशासन र वित्तीय पारदर्शिता कायम हुन नसकेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।