काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र केही टाठाबाठाका र आर्थिक स्वार्थका लागि मात्र हुन नहुने बताएका छन्। कुनै अलङ्कार‚ नामान्तर वा रुपान्तरण नभई जीवन पद्धति भएको बताएका छन्।
फागुन ७ को पूर्वसन्ध्यामा शुभकामना दिँदै उनले प्रजातन्त्र सबै जनता तथा सिंगो देशका लागि प्रतिफलकारी हुनुपर्ने बताएका हुन्।
‘केही टाठाबाठाको निमित्तमात्र होइन‚ केहीको आर्थिक स्वार्थका लागि मात्र होइन‚ प्रजातन्त्र सबै जनता तथा सिंगो देशका लागि प्रतिफलकारी हुनुपर्दछ।’ उनले भनेका छन्।
शाहले शुभकामना सन्देशमा भनेका छन्‚ ‘प्रजातन्त्र शब्दमा होइन कर्ममा उत्रनुपर्दछ‚ रुपमा होइन‚ सारमा झल्कनु पर्दछ। प्रजातन्त्र कुनै अलङ्कार‚ नामान्तर वा रुपान्तरणमात्र होइन। त्यो जीवन पद्धति र व्यवहारमा देखिनुपर्छ। राष्ट्रको प्रतिष्ठा प्रवर्द्धन र आम जनचाहनाको परिपूर्ति नै प्रजातन्त्रको प्राण हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।