• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

काठमाडौंको आकाश २ घण्टा सेनाको कब्जामा

64x64
नेपाल लाइभ मंगलबार, फागुन ६, २०७६  १९:४७
1140x725

काठमाडौं- मंगलबार दिउँसो नेपाली सेनाले ‘सेना दिवस'को तयारीका लागि भन्दै काठमाडौंको टुडिखेलमा अभ्यास कार्यक्रम गर्‍यो। हरेक वर्ष शिवरात्रीका दिन सेना दिवस मनाउँदै आएको नेपाली सेनाले कार्यक्रमका लागि तयारी कार्यक्रम गरेको हो। तर, सेनाका कारण देशको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भयो। 

सेनाको अभ्यासका कारण झन्डै साढे २ घण्टा विमानस्थल ठप्पप्रायः भयो। विमानस्थल ठप्प मात्रै होइन, विभिन्न गन्तव्यबाट काठमाडौंमा अवतरण गर्न उडान भरेर आएका जहाज आकाशमै फन्को मार्न बाध्य भए। कतिपय आन्तरिक उडान नै बन्द भए। सेनाले पनि आफूसँगै भएका सबै जहाज काठमाडौंको आकाशमा उडाएर अभ्यास गरेको थियो। अभ्यासका लागि सेनाले विमानस्थलसँग सहकार्य गरेको भएपनि उक्त समय अभ्यासका लागि उपयुक्त नरहेको हवाई विज्ञहरू बताउँछन्।

विमानस्थल कार्यालयले पनि जहाज उडान तथा अवतरणमा नै समस्या आउने गरी सेनाको अभ्यासका लागि काम गर्न दिएको रहस्य खुल्लको छ। दुई घण्टासम्म विमानस्थलको उडान प्रभावित हुँदा पनि विमानस्थल कार्यालयले भने नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्चपदस्थ कर्मचारीलाई कुनै सूचना नगराएको पुष्टिसमेत भएको छ। 

करिब २ घण्टा विमानस्थल ठप्प भएपछि प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई के कारण विमानस्थल ठप्प भएको हो भनी प्रश्न सोध्दा उनले अनविज्ञता प्रकट गरे। 

विमानस्थल प्रवक्ता देवचन्द्रलाल कर्ण भने सेनाको अभ्यासका लागि १ बजेर ४५ मिनेटदेखि ३ बजेर ४५ मिनेटसम्म नोटाम जारी गरेको बताए। तर, विमानस्थल कार्यालयले नोटाम जारी नगरी 'नेभिगेसन वार्निङ' क्षेत्र मात्रै तोकेको थियो। विमानस्थलले जुन क्षेत्रबाट हुने उडानलाई सचेत गराएको थियो, त्यो नै सबैभन्दा आवश्यक र महत्वपूर्ण क्षेत्र थियो। यसका कारण करिब २ घण्टा विमानस्थलको उडान तथा अवतरण प्रभावित हुन पुगेको थियो।

प्राधिकरणका एक पूर्व महानिर्देशकले विमानस्थल कार्यालयले सेनाका लागि दबाबमा परेका कारण उडान तथा अवतरणमा प्रभाव पर्ने गरी समय दिएको हुन सक्ने उल्लेख गरे। उनले सेनाको अभ्यासका लागि विमानस्थलका उडान तथा अवतरण नै ठप्प हुने गरी समय दिइनु विवेकहीन भएको उल्लेख गरे। 

‘हरेक वर्ष सेनाले शिवरात्रीको आसपासमा अभ्यासका लागि समय  माग्ने गरेको छ,' स्रोतले भन्यो, ‘विमानस्थलबाट उडान तथा अवतरणमा कम लोड हुने समय र केही ठाउँमा मात्रै सीमित रहने गरी समय दिने चलन थियो। तर, आज त पूरै काठमाडौंको आकाश सेनाको कब्जामा हुने गरी अनुमति दिइएको रहेछ। यो सरासर गलत भएको छ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

विमानस्थल कार्यालयले सेनालाई अनुमति दिँदा धोबीखोला क्षेत्रमा ५ हजार फिटभन्दा कम, बनेपा क्षेत्रमा ५ हजार ५ सय, सीतापाइला क्षेत्रमा ५ हजार फिट, बालाजु क्षेत्रमा ५ हजारदेखि १० हजार फिटसम्म नेभिगेसन वार्निङको क्षेत्र तोकिएको थियो। विमानस्थलमा उडान तथा अवतरणका लागि बालाजु क्षेत्रमा सेनालाई अनुमति दिइएको आकाश नै बाधक थियो।

कसरी भयो कब्जा?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका हकमा 'जिरो २' रनवेबाट ‘आइएफआर टेक अफ’ गर्न सबै जहाजले 'लेफ्ट टर्न' गर्नुपर्छ। कोटेश्वरतिरबाट जहाज उडान गर्दा पनि 'लेफ्ट टर्न' गरेर बालाजुतर्फ नै जाने हो। जसका कारण २ घण्टा नोटाम जारी भएपछि बालाजुमाथिको ५ हजार फिटदेखि १० हजार ५ सय फिटसम्मका लागि नेभिगेसन वार्निङ रहेको छ। उक्त अवस्थामा बालाजु क्षेत्र भएर जहाज उडान तथा अवतरण हुन सक्ने अवस्था नै बन्दैन। 

अधिकांश आन्तरिक र अन्तर्राष्ट्रिय उडानतर्फका जहाज 'जिरो २' बाट उडान भर्ने गरेका छन्। साथै आइएफआरमा त अधिकांश जहाज 'जिरो २' बाट नै ल्यान्ड गर्छन्। आइएफआरमा 'जिरो २' बाट ल्यान्ड गर्नुपर्ने जहाज '२ जिरो'बाट गर्नु पर्दा एक घण्टामा मुस्किलले बढीमा १० वटाभन्दा जहाज ल्यान्ड हुन सक्दैनन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सेनालाई दिइएको समय एकदमै व्यस्त समय हो। सेनाका कारण ४ क्षेत्रबाट आउने जाउने र जाने उडान प्रभावित हुने भनिएपनि सबैभन्दा ठूलो क्षेत्र बालाजु हो। व्यस्त समयमा बालाजु क्षेत्र नै बन्द हुने गरी सेनालाई अनुमति दिनु भनेको आकाश सेनाको कब्जामा हुनु हो। यसकारण काठमाडौं आउने जहाज सिमरा क्षेत्रमा नै होल्ड गर्नुपरेको छ। 

नेपाली सेनालाई अनुमति दिइएको अन्य क्षेत्रको हकमा भने ५ हजार फिट कम भनिएको छ। ती क्षेत्रबाट ६ हजार फिटबाट पनि आएर ल्यान्ड गर्न सक्छन्। पश्चिमतिरबाट आउने जहाजलाई बालाजु क्षेत्रबाट ल्याउन नसक्नु नै समस्या हो। 'जिरो २'बाट ल्यान्ड गर्ने जहाज पनि पश्चिततिर गएर नै आउने हुन्। बालाजुका कारण पश्चिम तिरबाट आउने जहाज र पोखरातिरबाट आउने जहाजका लागि बन्द नै भयो। बालजु क्षेत्र बन्द नभएको भए '२ जिरो' रनवेबाट ल्यान्ड गर्न सकिन्थ्यो। त्यो बाटो पनि बन्द गरेर सेनालाई दिइयो। सेनालाई बालाजु एरिया दिनु नै गलत हो। यसकारण काठमाडौंको आकाश नै सेनाको कब्जामा गएको हो। सेनालाई बालाजु क्षेत्र ब्लक हुने गरी दिनु नै विमानस्थल कार्यालयको कमजोरी हो।

'सेनाले बालाजु क्षेत्र प्रयोग नगरेको भए यो समस्या नै आउने थिएन। विमानस्थलले त्यहाँबाट दिनु पनि हुँदैनथ्यो। विकल्प खोज्न भन्नु पर्दथ्यो,' प्राधिकरणका एक पूर्व महानिर्देशकले भने। (कभर तस्बिर : नेपाल लाइभ अर्काइभबाट)

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०७६  १९:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्