काठमाडौं– डोल्पाको ठूलीभेरी नगरपालिकाको केन्द्र विवाद सम्बन्धमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै हाललाई जुफालबाट नै नगरपालिकाको कार्यालय सञ्चालन गर्नुपर्ने भएको छ।
चैत ५ गते स्थानीय योगेन्द्रबहादुर शाहीसहित २७ जनाले नगरपालिकाको केन्द्र दुनैबाट जुफालमा सार्ने निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
उक्त निवेदनमा सुनुवाई गर्दै कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायाधीश सपना प्रधान मल्लको इजलासले मुद्दाको अन्तिम किनारा लाग्दा मात्र निर्णय हुने भन्दै हाललाई अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।