काठमाडौं- संघीय संसदकी कर्मचारीमाथि जबरजस्ती करणीको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाएको बारे सभामुखले सदनलाई जानकारी गराएका छन्।
मंगलबार काठमाडौं जिल्ला अदालतले प्रतिनिधिसभा सदस्य महराले जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ पाएको जानकारीसहितको पत्र संसद् सचिवालयमा पठाएको थियो।
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सभामुख अग्नि सापकोटाले उक्त पत्र बैठकमा पढेर सुनाएका हुन्।
पत्रको जानकारीसँगै महराले अब प्रतिनिधिसभा बैठकमा सहभागी हुन पाउँनेछन्। उनले रोकिएको सेवा सुविधा पनि प्राप्त गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।