काठमाडाैं- उखु किसानलाई भुक्तानी नदिएको विषयमा संसदमा सरकारको पुनः ध्यानाकर्षण गराइएको छ।
नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभाको मंगलबारकाे बैठकमा शून्य समयमा बोल्दै उखु किसानले भुक्तानी कहिले पाउने भन्दै प्रश्न गरेका हुन्। उखु किसानाले काठमाडौं आएर आन्दोलन गरेर भुक्तानी दिलाउने सहमतिपछि पनि चिनी मिल मालिकहरुले रकम नदिएको भन्दै उनले प्रतिनिधिसभाको ध्यानाकर्षण गराए।
‘मेराे निर्वाचन क्षेत्रमा दुईवटा चिनी मिल रहेको छ,’ उनले भने, ‘उनीहरुले किसानको भुक्तानी दिएका छैनन्, किसान ऋणको मारमा छन्। यसमा सरकारको ध्यानाकर्षण होस्।’ शुन्य समयमा बोल्दै नेकपाकी सांसद अमृता थापाले छाउप्रथा नियन्त्रण गर्न अभियान सुरु गर्ने मात्र नभई त्यसलाई निरन्तर दिन माग गरिन्।
‘सरकारले अभियान त सुरु गरेको छ तर यसले मात्र नपुग्ने भएकाले अझै चेतना वृद्धी गर्ने कार्यमा सरकारको ध्यान जाओस्,’ उनले भनिन्, ‘निश्चित अभियानमात्र सुरु गरेर हुँदैन यसलाई दीर्घकालीन योजनाअनुसार कार्यक्रम चलाउन आवश्यक पर्दछ।’ सांसद थापाले महाकाली वारी पनि भारतले सडक विस्तार गरेको बारेमा संसदमा जवाफ दिन माग गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।