काठमाडौं– द्वन्द्वकालीन मुद्दा टुंग्याउन बनाएका आयोग सम्बन्धी ऐन छिटो संशाेधन गर्न द्वन्द्वपीडित राष्ट्रिय संजालले माग गरेको छ।
फागुन १ गते बसेको बैठकले गरेका निर्णयहरुबारे जानकारी गराउन सञ्जालले मंगलबार जारी गरेको विज्ञप्तिमा यस्तो माग गरिएको हाे।
‘सम्मानित सर्वाेच्च अदालतको आदेशअनुसार तत्काल सत्यनिरूपण तथा मेलमिलाप र बेपत्तापारिएका व्यक्तिहरूको छानबिन आयोग ऐन पीडितमैत्री ढंगबाट संशाेधन प्रक्रियाअगाडि बढाउन नेपाल सरकारलाई द्वन्द्वपीडित राष्ट्रिय सञ्जाल हार्दिक आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
ऐन संशाेधनका लागि सरकारले गत पुस २८ गते सातै प्रदेशमा द्वन्द्वपीडितसँग परामर्श लगरेकाे थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।