काठमाडाैं- नेपाली कांग्रेस जिल्ला कार्यसमिति गुल्मीका प्रथम सभापति एवं पूर्वसांसद भागवत ज्ञवालीको निधन भएकाे छ।
ललितपुरको अल्का अस्पतालमा उपचारका क्रममा उनकाे मंगलबार निधन भएकाे हाे। ज्ञवाली अल्सर रोगबाट पीडित थिए।
विसं २००१ साल कार्तिक १ गते जन्मिएका स्वर्गीय ज्ञवाली २०४८ को आम निर्वाचनमा तत्कालीन गुल्मी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा विजयी भएका थिए। उनी मानव अधिकार तथा परराष्ट्र समितिको सभापति समेत बने।
ज्ञवालीकाे निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।