काडमाडाैं- स्थलमार्ग हुँदै भारत प्रवेश गरेका नेपाली नागिरकले तेस्राे मुलुक उड्न नपाउने भएका छन्।
खुला सीमाका कारण स्थलमार्ग प्रयाेग गरी मानव तस्करी हुने गरेकाे भन्दै भारतस्थित नेपाली दूतावासले सूचना जारी गरेर नेपालबाट स्थलमार्ग हुँदै भारत पुगेका नेपाली नागरिकलाई भारतीय विमानस्थलबाट उडान अनुमती नदिइने जनाएकाे छ।
सूचनामा भनिएकाे छ, 'नेपालबाट स्थलमार्ग प्रयाेग गरी भारत प्रवेश गरी तेस्राे मुलुक उडान गर्न खाेज्दा आइपर्न सक्ने समस्याबाट बच्नका लागि नेपाली नागरिकलाई काठमाडाैंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उडान गर्न विशेष अनुराेध गरिन्छ।'
नेपालकाे अध्यागमन विभागले स्थलमार्गबाट भारत जाने नेपालीलाई राहदानीमा प्रस्थान छाप नदिने/नलगाउने व्यवस्था कार्यान्वयन गर्न मातहतका निकायलाई निर्देशन दिएकाे थियाे।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।