काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) बलात्कार प्रयासको आरोपमा पुर्पक्षका लागि जेल चलान भएका पूर्वसभामुख महरालाई काठमाडौं जिल्ला अदालतको सफाइ, सांसद पदमा लागेको निलम्बन फुकुवा, सांसद पद कायमै रहने ।
२) कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा डा शिवमाया तुम्बाहाङ्फे नियुक्त, राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएलगत्तै सोमबार नै सम्हालिन् पदभार ।
३) भारतद्वारा अतिक्रमित कालापानी क्षेत्रको निरीक्षणमा गएका रक्षामन्त्री पोखरेल जमिनमै नटेकी फर्किए, हिउँका कारण ल्यान्ड नगरी हवाई निरीक्षण मात्रै ।
४) एसिसी टि–२० पूर्वी क्षेत्रीय छनोट क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेल मलेसियासँग खेल्ने, भुवन कार्कीको पुनरागमन, उद्घाटन खेलमा आयोजक थाइल्यान्डले सिंगापुरसँग प्रतिस्पर्धा गर्ने ।
५) र, कोरोनाभाइरस नियन्त्रण गर्न चीनले सुरु ग¥यो नयाँ कदम, हुबेइमा आपत्कालीन अवस्थामा बाहेक मानिसलाई घरबाहिर हिँडडुल गर्न प्रतिबन्ध, अनिश्चित कालका लागि निजी कारको प्रयोगमा रोक ।
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।