काठमाडौं- चर्चित पप गायक दीपक बज्राचार्यको नयाँ गीत 'राति 'को म्युजिक भिडियो सार्वजनिक भएको छ।
दिपकको संगीत र रिक्की शाक्यको शब्द रहेको गीतको भिडियोलाई ठमेलस्थित क्लब एलओडीमा अत्याधुनिक लाइटको साथमा छायांकन गरिएको छ।
भिडियोलाई दीपक बज्राचार्यले नै निर्देशन गरेका हुन्।
यो उनको पहिलो म्युजिक भिडियो निर्देशन हो।
नेपाली समसामयिक पप गायनमा फरक सोच र शैलीबाट गीत गाउँदै विगत दुई दशकदेखि सक्रिय छन्।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।