महेन्द्रनगर- उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासका न्यायाधीश शारङ्गा सुवेदी चढेको गाडीमा आगलागी भएको छ।
आगो लागेको समयमा न्यायाधीश गाडीमा सवार थिइन्।
सोमबार कार्यालय बिदा भएपछि महेन्द्रराजमार्गस्थित विपिन इन्टरपाईजेज पेट्रोल पम्पमा तेल हाल्न गएको उक्त जीपमा एक्कासी आगो लागेको थियाे।
न्यायाधीश सुवेदी चढेको बा १ झ ८८६३ नम्बरको गाडीमा तेल हालेपछि फर्किने क्रममा साँझ सवा ५ बजेतिर एक्कासी आगो लागेको थियो।
गाडी अगाडिको वाइरिङ तार सर्ट हुँदा आगो लागेको आशंका गरिएकाे छ।
आगलागीको कारणबार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।