विराटनगर– मोरङको रङ्गेली–८ मा गएराति आगलागी हुँदा दुई परिवारको ४० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
रङ्गेलीको झमनपुर बस्ने सेरु मियाँ र उनका भाइ बच्चु मियाँको टिनको छानो भएको २ तले घरभित्र राखिएका सरसमान जलेर नष्ट भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
उक्त आगलागी विद्युत् सर्टबाट भएको बताइएको छ। स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।