काठमाडौं -सोमबार काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएलगत्तै नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसभामुख कृष्णबहादुर महरालाई बधाइ दिएका छन्।
अदातले न्याय दिएको भन्दै उनले बधाइ दिएका थिए।
अदालतको फैसला आएलगत्तै प्रचण्डले महरालाई फोन गरी बधाई दिएको स्रोतले जनाएको छ।
महरा प्रचण्डका खास सहयोगीमध्येका एक हुन्।
महत्वपूर्ण निर्णय लिनुअघि प्रचण्डले महरासँग परामर्श लिने गरेका थिए।
गत असोज १२ संसद् सचिवालयकी एक कर्मचारीमाथि जबरजस्ती करणीको प्रयासमा मुद्दा दायर भएपछि हिरासत र जेल गरी १ सय ४१ दिनपछि महरा सोमबार रिहा भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।