काठमाडौं– पूर्वउपसभामुख शिवमाया तुम्बाहाङफे कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बन्ने भएकी छन्।
उनले सोमबार दिउँसो साढे ३ बजे राष्ट्रपति निवास शितलनिवासमा राष्ट्रपतिसमक्ष मन्त्रीको शपथ लिँदैछिन्। पूर्व सभामुख कृष्णबहादुर महरालाई बलात्कार अभियोग लागेपछि रिक्त पद आफूले पाउनुपर्ने अडान तुम्बाहाङ्फेको थियो।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपसभामुखबाट राजीनामा दिन निर्देशन दिएपछि उनले राजीनामा दिएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।