काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) सरकारको दुई वर्षे कार्यकालबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पत्रकार सम्मेलन, जनताको नाम भजाएर जनविरोधी क्रियाकलाप गरिरहेको तर्क, सरकारको उपलब्धि तथ्यहीन भएको आरोप ।
२) देशभर २ सय ६४ बिघा जमिन व्यक्तिबाट सरकारका नाममा दर्ता गरिसकेको भूमि व्यवस्थामन्त्री अर्यालको दाबी, डिल्लीबजार मालपोत कार्यालयअन्तर्गतका सरकारी जग्गा एकिन ।
३) वुहानबाट उद्धार गरेर ल्याइएका १ सय ७५ नेपाली खरिपाटी क्वारेन्टाइनमा, २४ घन्टाभित्र र्यालको नमुना परीक्षण हुने, समस्या देखिए टेकु वा पाटन लगिने ।
४) क्रिस गेलसँगै वेष्ट इन्डिजका क्रिकेटर केस्रिक विलियम्सले पनि एभरेस्ट प्रिमियर लिग क्रिकेट खेल्ने, तीव्र गतिका बलर विलियम्स पोखरा राइनोजमा अनुबन्धित ।
५) र, इराकको कट्टरपन्थी समूहद्वारा अमेरिकी सैनिकलाई देश छाड्न चेतावनी दिँदै उल्टो गन्ती सुरु गरेको भोलिपल्ट नै आक्रमण, बगदादस्थित अमेरिकी दूतावासनजिकै रकेट हमला।
पूरा समाचार भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।