काठमाडौं– प्रहरी सहायक निरीक्षक (असई) उमेश केसीविरद्ध ६० लाख बिगो कायम गर्दै मुद्दा दायर भएको छ।
महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा दरबन्दी भइ केन्द्रीय कारागार सुन्धारामा कार्यरत केसीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
महानगरीय प्रहरी परिसर ललितपुरमा दर्ता भएको सामुहिक जबरजस्ती करणी मुद्दामा पुर्पक्षको लागि कारागारमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै उनले घुस लिएको अरोपमा अख्तियारले मुद्दा दायर गरेको हो।
जबरजस्ती करणी मुद्दामा अदालतमा बकपत्रको समयमा पीडित समेतको बयान मिलाई दिने भन्दै उनले घुस माग गरेका थिए।
घुस लिन राजी भई लिन आएको बेला उनलाई अख्तियारले पक्राउ गरेको थियो।
केसीले आफूले पाएको अधिकारको दुरुपयोग गर्दै भ्रष्टाचार गरेको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसारको कसुरमा उनीविरुद्ध मुद्दा दर्ता भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।