काठमाडौं-‘म यस्तो गीत गाउँछु-२’ को ट्रेलर रिलिज भएसँगै हिन्दी फिल्मको झल्को आएकाे प्रतिकृयाको बाढी लाग्यो।
फिल्मको ट्रेलर युट्युबको नेपालतर्फ नवौं ट्रेन्डिङमा छ। ट्रेलरबारे आएको प्रतिक्रिया भने त्यति सुखद् छैन।
अधिकांशले ट्रेलर हेर्दा हिन्दी फिल्म ‘आशिकी-२’को झल्को आएको प्रतिकृया आइरहेका छन्।
कसै-कसैले ‘अ स्टार इज बर्न’को मिश्रणसमेत भनिरहेका छन्। यता फिल्म निर्माता सुदर्शन थापा भने जे आरोप लागेको हो त्यो ५ प्रतिशत पनि नमिल्ने प्रतिकृया दिइरहेका छन्।
उनले आफ्नो फिल्म हिन्दी फिल्मसँग मिलेको आरोप षड्यन्त्र भएको दाबीसमेत गरिरहेका छन्।
तर यस्तो आराेप कुनै एक व्यक्ति विशेषलाई मात्र लागेको हैन। ट्रेलर हेर्ने अधिकांशले युट्युबमा त्यस्तै प्रतिकृयाहरु दिइरहेका छन्। केहीले प्रशंसा पनि नगरेका हैनन्।
यदि फिल्मको कथा मिल्दैन भने ट्रेलरले नै कसरी आशिकी २ को झल्को दियो होला।
सुदर्शनले हिन्दी फिल्मको कथा चोरोपको आरोप खेपेको पहिलोपटक होइन।
उनले यस भन्दा अगाडि बनाएको ‘मेरो एउटा साथी’ छ र ‘रामकहानी’ ले पनि कथा चोरीको आरोप खेपिसकेको छ।
‘मेरो एउटा साथी छ’ को कथा कोरियन फिल्म ‘अ मिलिनियर्स फष्ट लभ’ बाट चोरेको आरोप लागेको थियो।
‘रामकहानी’ ले भने थाई फिल्म पि मकबाट चोरी गरेको आरोप खेप्यो। अहिले उनीमाथि भारतीय फिल्मको कथा चोरेको आरोप लागिरहेको छ।
ट्रेलर भनेको दर्शकमाझ फिल्मप्रति काैतुहलता जगाउने साधन हो।
ट्रेलरमा फिल्मप्रति जिज्ञासा बढाउन जे जस्ता दृष्य समावेश गरिएका छन् त्यो एक हदसम्म ‘आशिकी २’ को कथासँग मेल खान्छ नै।
तर ट्रेलरले नै फिल्मको सबै कथावस्तु बताउन सक्दैन। फिल्म रिलिजपछि निर्देशकले ढाँटे कि फेरि बलिउडकै कथा चोरचारमा लागे भन्ने पक्कै खुल्ला नै।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।