काठमाडौ– नेपाली कांग्रेस ललितपुरका नेता एवं पूर्वमेयर बेखारत्न शाक्यको निधन भएको छ। शाक्य नेपाली कांग्रेसका तर्फबाट २०४९ सालमा ललितपुरको मेयरमा निर्वाचित भएका थिए।
नेपाली कांगेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शाक्यको निधनको खबरले आफूलाई निकै दुःखी बनाएको बताएका छन्। स्वर्गीय शाक्यले पञ्चायतका कठोर दिनमा नेपाली कांग्रेसको संगठन निर्माण र प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याएकाे उल्लेख गर्दै शाक्यको निधनले देश र पार्टीलाई अपुरणीय क्षति भएको जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।