एजेन्सी– इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासनजिकै रकेट हमला भएको छ। आक्रमणपछि दूतावास परिसरमा सुरक्षा अलार्म बजेको थियो।
इराकको कट्टरपन्थी समूह हसद अल शाबीको इरानसमर्थित समूह हरकत अल–नुजाबाले शनिबार अमेरिकी सैनिकलाई देश छाड्न चेतावनी दिँदै उल्टो गन्ती सुरु भएको भोलिपल्टै यो आक्रमण भएको हो। तर कति रकेट प्रहार गरिएको थियो भन्नेबारेमा पनि स्पष्ट भएको छैन।
आक्रमणका बेला ग्रीन जोननजिकै एउटा विमान घुमिरहेको प्रत्यक्षदर्शीले बताएका छन्। निकै सुरक्षित मानिने यो क्षेत्रमा विभिन्न मुलुकका दूतावास छन्।
गत अक्टोबरयता यहाँ भएको यो १९ औं आक्रमण हो। आक्रमणबाट इराकमा तैनाथ ५२०० अमेरिकी सैनिकलाई निशाना बनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।