बागलुङ– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले संघीयता र लोकतन्त्र सुदृढीकरण गर्न ध्यान नदिएको आरोप लगाएका छन्।
नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ ले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले सरकार संघीयताको सिद्धान्त र भावनाअनुरुप चल्न नसकेको बताए।
‘प्रधानमन्त्रीले दुई वर्षसम्म एउटै पार्टीको सरकार चल्यो भन्नुभयो। यस्तो प्रगति हुँदैन । जनताले के–को आशा गर्ने,’ निधिले भने। पूर्वगृहमन्त्रीसमेत रहेका उनले दुई वर्षमा कांग्रेसका पालामा गरेका गतिविधिको रिबन काट्नेबाहेक अन्य काम सरकारले नगरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।