काठमाडौं- स्ववियू निर्वाचन नगराउने खेलमा सरकार लागेको नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले आरोप लगाएका छन्।
नेपाली कांग्रेस धुनिबेसी नगरपालिका-९ को कार्यालय उद्घाटन कार्यक्रममा महामन्त्री तिमल्सिनाले स्ववियू निर्वाचनसम्बन्धि नेविसंघसँग कुनै सरसल्लाह तथा छलफल नै नगरी तालिका सार्वजनिक गरेको र आफूहरु चुनावको तीब्र तयारीमा लागिसकेकोमा त्रिवि र सरकार निर्वाचन भाँड्न लागेको आरोप लगाएका हुन्।
प्रस्तावित तालिकाबमोजिम फागुन ४ गते मतदाता नामावली प्रकाशन गर्नुपर्थ्यो।
यसैगरी निर्वाचन समितिमा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रमुख रहने व्यवस्था भएपनि शिक्षाध्यक्ष नियुक्त नगरी कोरा निर्वाचन तालिका सार्वजनिक भएकोमा उनले असन्तुष्टि व्यक्त गरे।
यद्यपि नेविसंघ निर्वाचनको पक्षमा रहेको जानकारी गराउँदै तिमल्सिनाले स्ववियू निर्वाचनको सुनिश्चितताको माग गर्दै तयारीमा लाग्न सम्पूर्ण विद्यार्थीलाई आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।