• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

जनयुद्ध दिवसपछिको एकालाप [ब्लग]

64x64
नेपाल लाइभ आइतबार, फागुन ४, २०७६  ०७:३०
1140x725

फागुन १ ले भर्खरै हामीबाट बिदा लिएको छ। एक पुस्ताका लागि यो दिन इतिहास जन्मिएको दिन हो। आगामी अनेकौं पुस्ताका लागि इतिहासका रूपमा रहने दिन पनि यही हो। एक दशकसम्म नेपाली भूमिमा सशस्त्र जनयुद्धको तुवाँलो फैलिएको दिन हो यो। हजारौं योद्धाहरुको सहादतका लागि तिथिमितिको तोकिएको दिन।

२०५२ साल फागुन १ गते तत्कालीन नेकपा माओवादीले संसदीय शासन प्रणालीलाई ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने’ शासकीय प्रणालीविरुद्ध ‘अधिकार बन्दुकको नालबाट निस्किन्छ’ भन्ने मान्यताका साथ ‘सशस्त्र युद्ध’ सुरु गरेको इतिहास छ यसको। अधिकारको खोजीमा ४२ बुँदे माग राखेर कथित क्रान्तिको गर्भाधान भएको इतिहास। त्यही दिनलाई केन्द्रमा राखेर दुई दशक अघि र अहिलेको अवस्थालाई तुलनात्मक समीक्षा गर्दा यो अवधिलाई एक स्वर्णिम युगको शुरुवात भन्ने वा रक्तपातपूर्ण तथाकथित अधिकारको लडाईं भन्ने? 

कालान्तरमा झन् ठूलो वर्गव्यवस्था सिर्जना यसैले गर्‍यो नाम जे भने पनि। सीमित व्यक्तिले मात्र आफ्नो स्वार्थपूर्तिका लागि ढोङ र लहडमा हतियारलाई सत्तासम्म पुग्ने सिँढी बनाए। विद्रोह भयो। तर सर्वस्वीकार्य विषयवस्तु के मात्रै हो भने विद्रोह मात्रै भयो।१७ हजारले बलिदानी दिए। हजारौं अङ्गभङ्ग भए। सयौं व्यक्तिको अहिलेसम्म पनि अत्तोपत्तो छैन। हिंसाको मनोवैज्ञानिक प्रभावबाट अझैसम्म पनि देश तंग्रन सकेको छैन। त्यसका डोब समाजमा छताछुल्ल छन्।

000

पूर्वीय होस् या पाश्चात्य नै किन नहोस्, दुवै सभ्यताले मानिस आदिमकालदेखि ‘विवेकशील प्राणी हो’ भन्ने मान्यतालाई पछ्याएका छन्। जीवात्मा र प्रकृतिसम्बन्धी प्रतिपादित सिद्धान्तहरूले पनि यही भन्छन्। मानिसमा चेतना छ, त्यसैले उ सर्वश्रेष्ठ मानिन्छ। मानिसमा बुद्धि र विवेक छ, त्यसैले ब्रह्माण्डमा अरुभन्दा भिन्न छ ऊ। मानव अधिकारसहित बाँच्न चाहन्छ, त्यसैले त ऊ स्वभावैले अधिकारको खोजीमा छ। इतिहासको लेखक स्वयं मानिस नै भएर होला, हामी आजका दिनसम्म आफूलाई सर्वश्रेष्ठ भनेर दाबी गरिरहन्छौं।

मानिसलाई बुद्धिमान र विवेकशील प्राणी करार गरिरहँदा नियतवस होस् वा समयको मागले होस् फागुन १ कै सेरोफेरोबाट ‘रगतको खोला’ बग्न सुरु भयो। बिहान घरबाट शिक्षा दिन स्कुल निस्केको शिक्षकको निर्ममतापूर्वक हत्या भएका समाचार सुनिन्थे। कारण, स्वतन्त्रता, समानता र वर्गविहीन समाज निर्माणका लागि। यस्तो समाज निर्माणका लागि युद्ध उत्तम विकल्प ठानियो। युद्धमा सबैकुरा जायज थियो। रोजीरोटीको लागी परदेश हिँडेकाहरू एम्बुसमा परेर खरानी भएका समाचार सुनिन्थे। कारण, युद्धको नजरमा सबै दोषी नै हुन्थे। मानवीयता र संवेदना खोक्रो आदर्श। बाटो देखाएको निउमा घाँटी रेटिए, आँखा फुटाइए। कारण थियो- यी सबै कुकृत्य क्षमायोग्य छन्। अग्रगमनतिरको यात्राका लागि।

000

खुला र सभ्य समाजमा जनताले राज्य तथा सम्बद्ध पात्र र चरित्रमाथि प्रश्न गर्न पाउने अधिकार नै आधुनिक लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष हो। त्यही मानव अधिकार हो, र त्यही समाजको अग्रगमन हो। यो बीचमा नेपाली माटोमा पनि धेरै प्रश्न उठे। अधिकारका प्रश्न उठे। न्याय, समानता र मानवताका प्रश्न उठे। समावेशीकरणका मुद्दा उठे। सम्मानपूर्वक बाँच्न पाउने हकका कुरा उठे। स्वतन्त्रताका अनगिन्ती अधिकारहरू कानून र संविधानमा लेखिए।

nimb
nimb
Ncell 2
Ncell 2

तर, नियति न हो। भू–धरातलीय यथार्थता बदलिएन। सार्वजनिक जवाफदेहिता हराउँदै गयो। मानवीयताको परिधि संकुचित हुँदै गयो। अधिकारको खोजी फराकिलो हुँदै गयो तर कर्तव्य र दायित्व लोप हुँदै गए। व्यक्ति बलियो बन्दै गयो। तर समाज र सामाजिक मुल्यहरुमा धमिरा लाग्दै गए। त्यसैले होला, आज समाज ध्रुवीकृत अवस्थामा छ। क्रान्ति गर्दैगर्दा कल्पना गरिएको समतामूलक समाज पूँजीवादको खाडलमा धकेलिएको छ। राज्य व्यक्तिप्रधान बनिसकेको छ। राज्यका हरेक संयन्त्र व्यक्तीमुखी भएका छन्। हाम्रा अधिकांश निर्णय प्रक्रिया र त्यसबाट सिर्जित प्रतिफलको सन्दर्भमा जवाफदेहिता, पारदर्शिता, योग्यता, न्याय, निष्पक्षता र विवेकको सामान्य प्रयोग हराउँदै छ।

भ्रष्ट्राचारले आक्रान्त छ, तर पनि कोही बोल्दैनन्। सार्वजनिक सम्पत्तिको चरम दुरुपयोग भएको छ तर नियतिको तुवाँलोभित्र समाज मौन छ। राज्यका संयन्त्रहरू सरकारमा रहेको राजनीतिक दलको प्रतिछायाका स्वरुपमा देखिन थालेका छन्। कानुनी शासन र संविधानवाद जिब्रो जिब्रोमा छ तर व्यवहार विल्कुल उल्टो। त्यसैले होला, भ्रष्टाचारको मुद्दा पनि आज राज्यकै नीतिगत निर्णयभित्र परेका समाचार हरेक दिन आउँछन्।

हत्या, हिंसा र बलात्कारका घटना दिनानुदिन बढ्दो छन् तर पनि समाजले कारण खोज्दैन, नियति सम्झेको छ। असीमित अधिकारसहितको सरकार, अमितव्ययी व्यवहार, सही व्यक्ति सही पदको उपहास, भ्रष्ट्राचारप्रतिको बदलिँदो परिभाषा, राज्य दोहन प्रति विरोधाभाषपूर्ण नीति, अधिकारको खिचलो, जनताको सुविधाका लागि नभई सरकारको भोगचलन र सुविधाका लागि उठाइने कर, मनपरी सुविधा भोग विस्तारै वैध र पाच्य बन्दै गइरहेको छ। जवाफदेहिता, पारदर्शिता र सुशासनजस्ता विषय क्रमशः गौण बन्दै गएका छन्। तर समाज कति पनि प्रतिकार गर्दैन। 

देशको सार्वभौमिकता र अखण्डताको कुरा उठ्दा पनि समान आवाज नबोल्ने कस्तो समाज यो? मलगायत अधिकांश आम मानिसलाई लाग्दो हो, समयचक्र उल्टो गतिमा छ। यहाँ बोल्नुपर्ने कुरा बोलिदैन र लेखिनुपर्ने कुरा लेखिँदैनन्। वर्गसंघर्ष भन्दै लडेका आफ्नै सहयात्रीको सामन्ती अवतार हाम्रा लागि अभिशाप बनेको छ। 

000 

इतिहासले सबै विषयमा मूल्य खोज्ला वा नखोज्ला, वर्गसंघर्षका नाममा लडिएको लडाईको सान्दर्भिक नतिजा मूल्यांकन गर्ला वा नगर्ला भन्न सकिन्न। दाई र भाइबीचको काटमारपछि बगेको रगत वाष्फीकरण भएर लागेको तुवाँलो फाटेर सूर्यको प्रकाश देखिएला वा नदेखिएला त्यो पनि भन्न सकिन्न । र पनि तमाम आम जीवन चलिरहन्छ यहाँ। 

सूर्यलाई हत्केलाले छेक्ने प्रयास सायद निरन्तर भइरहनेछ। निरन्तरताभित्रको क्रमभङ्गता। 

प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६  ०७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्