काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) सरकारका दुई वर्षे काम कारबाहीबारे प्रधानमन्त्री ओलीद्वारा संसदलाई जानकारी, सरकार ‘इन्डेक्स’मा मात्र नभई ’इम्प्रेसन’मा पनि अघि रहेको दाबी, भ्रष्टचारमा लिप्त हुनेहरू मुर्मुरिएको तर्क ।
२) दोस्रो वर्षमा सरकारले उपलब्धि नै उपलब्धि हासिल गरेको प्रधानमन्त्री ओलीको दाबी, यति समूहसँग सरकारी सम्बन्धदेखि विधेयकसम्म विवादै विवाद ।
३) प्रदेश ५ सरकारद्वारा प्रदेश गौरवका आयोजनाका लागि नयाँ मापदण्ड तयार, ५० करोड रुपैयाँमाथिका मात्रै गौरवका आयोजना, निर्माण अवधि ३ देखि ५ वर्ष ।
४) ए डिभिजन लिग फुटबलको उपाधि मछिन्द्रलाई, पहिलो पटक मछिन्द्र बन्यो लिग च्याम्पियन, आत्मघाती गोल नै आर्मीका लागि महंगो सावित ।
५) र, कोरना भाइरसबाट चीनमा एकै दिन १ सय ४३ जनाको मृत्यु, भाइरसका कारण अहिलेसम्म १ हजार ५ सय २३ जनाले ज्यान गुमाए, ६६ हजार ४ संक्रमित ।
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।