• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

पुरुष यौनकर्मीको पीडा : कसैले शरीरभर दाग लगाइदिन्थे, त्यो आत्मामा पनि लाग्थ्यो

64x64
नेपाल लाइभ शनिबार, फागुन ३, २०७६  २१:१०
1140x725

‘तँ कहाँ उभिरहेको छस्‚ तँलाई थाहा छ? यहाँ शरीर बेचिन्छन्।’ 

निला गुलाबी बल्बले सजिएको यो कोठामा आफैंलाई बेच्नका लागि तत्पर थिएँ म‚ अर्थात् एक मर्द। 

‘अँ देखिरहेको छु। तर‚ म पैसाको लागि जे पनि गर्न तयार छु।’ मैले निर्धक्कसँग उत्तर दिएँ।

मेरो अगाडि एउटी अधबैंसे नारी…. होइन‚ आफ्नो लिङ्ग परिवर्तन गरिसकेकी एउटी ट्रान्सजेन्डर ठिङ्ग उभिरहेकी थिई। सुरुमा त केही हच्किएँ म‚ आखिर को हो यो? 

उसले फेरि मतिर हेरी र एक सासमा भनि‚ ‘खुब घमण्ड रहेछ तँमा। तर‚ यहाँ चल्दैन।’  

दिनको ९‚ १० घन्टा आइटी अफिसमा काम गर्ने म‚ त्यसबेला साँच्चै नै डराएको थिएँ। लाग्थ्यो कि, मेरो आत्मा मरिसक्यो। म एक यस्तो परिवारबाट आएको थिएँ कि म यसो गरौंला भन्नेबारे मान्छेहरू सोच्नसम्म पनि सक्दैनन्। तर‚ मेरा आवश्यकताले मलाई यता धकेलिरहे।

‘म कतिन्जेल बस्नुपर्छ? भोलि अफिस छ मेरो।’ मैले सोधें

‘जा! गएर अफिसमै बस्। यहाँ के गर्न आइस्?’ यस्तो जवाफले मलाई एकैछिनमा अवाक् बनादियो। केही क्षणमै म यो बजारको एउटा नयाँ वस्तु भएँ।

Ncell 2
Ncell 2
nimb
nimb

अचानक उ नम्र भई र भनी‚ ‘तेरो फोटो पठाउनुपर्छ। पठाइएन भने कोही पनि आउँदैनन्।’

यो सुन्नासाथ एकछिन त म छाँगाबाट खसेजस्तै भएको थिएँ। मेरो मनमा त्यतिबेला एउटामात्र कुरा खेलिरहेको थियो- मेरा कुनै आफन्तले मेरो फोटो देखे भने?

पहिला दायाँपट्टीबाट फेरि बायाँपट्टी फेरि सामुन्नेबाट मेरो फोटो खिचियो। योबाहेकका दुईवटा अझ आकर्षक देखिने फोटा खिच्नुपर्ने भने जोड गर्न लागे।

मेरो अगाडि नै मेरा ती फोटाहरू कसैलाई ह्वट्स एपको माध्यमबाट पठाइयो। तस्वीरसँगै लेखिएको थियो‚ ‘नयाँ माल हो। रेट महङ्गो छ। यदि सस्तोवाला चाहियो भने अर्कोलाई पठाउँछु।’

मलाई नै रोजियो। अन्त्यमा मेरो मूल्य तय भयो - पाँच हजार।

यो पैसाका लागि मैले ग्राहकले चाहेबमोजिमको सबथोक गर्नुपर्ने भयो। यो सबै कुनै सिनेमामा नभएर मेरै जिन्दगीमा भइरहेको थियो। सबै नौलो लागिरहेको थियो।

म जिन्दगीमा पहिलो पटक यस्तो गर्दैथिएँ। बिनाप्रेम‚ बिनाभावना कसरी गर्ने? ‘एक अपरिचितसँग गर्नुपर्नेछ’ यही सोच दिमागमा चलिरहेको थियो।

एउटा पहेंलो ट्याक्सीमा बसेर म त्यो दिन कोलकत्ताको कुनै एउटा घरमा पसेको थिएँ। घरभित्र रक्सीका बोतलहरूले भरिएको एउटा ठूलो फ्रिज थियो। एउटा ठूलो टीभी थियो।

त्यस्तै ३२‚३४ वर्षकी एउटी विवाहित महिला नजिकै आइन् र हाम्रो कुराकानी सुरु हुन थाल्यो। ‘म त गलत ठाउँमा फसें। मेरो श्रीमान गे रहेछ। अहिले अमेरिकामा बस्छन्। छोडपत्र गर्न सक्ने आँट छैन। एउटी छोडपत्र गरेर बसेकी आइमाईसँग कसले बिहे गर्छ र? मेरो पनि त मन छ। मलाई पनि त अरूले जस्तै रमाइलो गर्ने रहर लाग्छ। भन त म के गर्न सक्छु?’ उनले एकैपटकमा सबै सुनाइन्।

हामी दुवै जनाले रक्सी पियौं। उसले हिन्दी गीत लगाएर नाच्न सुरु गरिन्। हामी दुवै डाइनिङ रुमबाट बेडरुमतिर गयौं।

यतिन्जेलसम्म त उनले मलाई राम्रैसँग गफ गरिरहेकी थिइन्। काम सक्किनासाथ पैसा दिइन् र ‘जा‚ निस्की‚ निस्किहाल्’ भनेर हुत्याउन थालिन्।

मैले उनलाई भनें‚ ‘मैले यो सब बाध्यतावश गरिरहेको छु।’

‘तेरो बाध्यतालाई तेरो सोख बनाइदिन्छु।’ उनले भनिन्।

मेरो बाध्यताको सुरुवात कोलकत्ताबाट सयौं किलोमिटर टाढा मेरो घरबाट भएको थियो।

मेरो न्यून मध्यम स्तरीय परिवारका लागि म एक अभागी छोरो थिएँ‚ जसको जन्मपछि उसको बुबालाई नोकरीबाट निकालिएको थियो। समय दिन प्रतिदिन टाढिँदै गयो‚ सँगसँगै परिवारसँगको दूरी पनि। 

पछि जब म एमबिए पढ्नका लागि कलेज गएँ। त्यहाँ सबै बङ्गाली भाषामात्रै बोल्ने गर्थे। म त्यहाँको वातावरणदेखि हैरान भइसकेको थिएँ। कसलाई भन्ने? फेरि भनेर के नै पो हुने हो र? 

म एकान्तमा गएर एक्लै रुन्थें। बिस्तारै बिस्तारै म डिप्रेसनको शिकार हुँदै गएँ। अस्पताल पनि नगएको होइन। तर‚ चिन्ताले कैले छोडेन।

पढ्नका लागि खर्च जोहो गर्ने ध्येयले म कमाउने माध्यमबारे जान्नका लागि इन्टरनेटमा सर्च गर्न थालें। 

यसैबीचमा इन्टरनेटमा मैले मेल इस्कर्ट अर्थात जिगोलो बन्नेबारेमा खोज्न थालें। यस्तो फिल्ममा दखेको थिएँ। केही यस्ता वेभसाइटहरू हुन्छन्‚ जहाँ जिगोलो बन्नका लागि आफ्नो छुट्टै प्रोफाइल बनाइन्छ।

तर‚ यो कुनै जागिरका लागि बनाइएको प्रोफाइल थिएन।

यहाँ शरीरको बोली लाग्दै थियो 
प्रोफाइल लेख्न डर लागिरहेको थियो। तर‚ म त्यस्तो दोधारमा थिएँ‚ जहाँ मसँग मात्र दूईवटा बाटाहरू थिए। 

एक -  यो सबबाट पछि हटेर आत्महत्या गरौं।
दोस्रो – यो सबको सामना गर्दै जिगोलो बनौं।

मैले सामना गर्ने निर्णय गरें।

जति पनि महिलालाई मैले भेटें‚ उनीहरूमा विवाहित‚ डिभोर्स्ड‚ विधुवा र कोही कोही अविवाहित महिला पनि  थिए। यसबेला धेरैजसो म एक मानिस नभएर माल बनिराखेको हुन्थें।

जबसम्म उनीहरूको इच्छा पूरा हुँदैनथियो। तबसम्म सबै राम्रो व्यवहार गर्थे। धेरैले भन्ने गर्थे‚ ‘म आफ्नो श्रीमानसँग छोडपत्र गरेर तिमीसँगै जिन्दगी काट्छु।’ तर बेडरुममा बिताएको केही समयपछि ती सबै प्रेम एक क्षणमै कता हो कता बिलाएर जान्थे।

अनेक गाली सुन्नुपर्थ्यो

जा! निस्की यहाँबाट।
पैसा लिएर गइहाल्। 

यो समाज हामीबाट पाएसम्मको मजा पनि लिन्छ अनि जब मजा लिइसक्छ‚ हामीलाई नै प्रोस्टिच्युटको संज्ञा दिन्छ।

एकपटक श्रीमान् श्रीमतीले एकैसाथ बोलाए। श्रीमान सोफामा बसेर रक्सी पिउँदै मलाई एकनाशले हेरिरहेको थियो। म उसको अगाडि खाटमा उसैकी श्रीमतीसँग थिएँ।

यो काम ती दुवै जनाको राजीखुसीमा भएको थियो। शायद दुवैको कुनै इच्छा थियो होला।

यसैबीच ५० वर्ष नाघेकी महिला पनि मेरा ग्राहक बनेकी थिइन्। यो मेरो नित्तान्तः फरक अनुभव थियो।

उनी भन्थिन् उनको परिवारले उनको वास्ता गरेनन् त्यहि भएर उनी एक्लै बसेकी थिइन् भनेर।

उनले भनेकी थिइन्‚ ‘बाबु! यो धन्दाबाट जतिसक्दो चाँडो निस्किहाल। यस्तो गर्नु राम्रो होइन।’

त्यो रात हामीबीच गफभन्दा अरु केही पनि भएन। बिहानै उनले मलाई पैसा दिएर बिदा गरिन्‚ जस्तो कि एउटी आमाले आफ्नो छोरालाई बिहानै स्कुल जानुभन्दा अगाडि पैसा दिन्छिन्। मलाई त्यो बेला धेरै नै भिन्न किसिमको अनुभव भएको थियो।

एक दिन बिहानैदेखि मैले रक्सी खाइरहेको थिएँ। त्यहीबेला मैले घरमा आमालाई फोन लगाएँ।

उनलाई रीसै रीसमा भनें‚ ‘तपाईं भन्नुहुन्थ्यो नि अचानक किन पैसा पठाउन थालिस् भनेर। म धन्दा गर्छु आमा।’

आमाले गाली गर्दै भन्नुभयो‚ ‘चुप लाग्! रक्सीको तालमा जे पनि बोल्दो रहेछ।’ यति भनेर आमाले फोन राखिदिनुभयो।

मैले आमालाई आफ्नो बारेमा साँचो कुरा भनेको थिएँ तर आमाले मेरो कुरा सुने नसुने झैं गर्नुभयो किनकी मैले पठाएको पैसा समयमा घरमा पुगिरहेको थियो। म त्यो रात धेरै रोएँ। के मेरो महत्त्व मैले पठाएको पैसाको लागि मात्र थियो?

यसपछि मैले आमासँग कहिले पनि यस्तो कुरै गरिनँ।

म यो धन्दामा लागिरहें। किनकी मलाई यसबाट पैसा आइरहेको थियो। मार्केटमा मेरो डिमाण्ड थियो। लाग्यो – जबसम्म एउटा गतिलो नोकरी पाउँदिनँ‚ जबसम्म एमबीएमा भर्ना हुन्नँ तबसम्ममात्रै गर्छु यो धन्दा।

तर‚ कुनै बेला अनौठा मान्छेहरू भेटिन्थे। शरीरभर दाग बनाइदिन्थे।

त्यो दाग शरीरसँग सँगै आत्मामा पनि लाग्ने गर्थ्यो‚ जो पछिसम्म पनि मेटिनेछैन। 

त्यसपछि मैले एमबिए पनि गरें। अहिले कोलकत्ताबाट धेरै टाढा एउटा राम्रो ठाउँमा जागिर गर्छु। खुसी छु। नयाँ साथीहरु बनेका छन्‚ जसलाई मेरो विगतको बारेमा केही पनि थाहा छैन। शायद म यो विगत अब कसैलाई पनि बताउँदिन‚ जिन्दगीभर।

हामी बाहिर जान्छौं। फिल्म हर्छौं। रानी मुखर्जीको ‘लगा चुनरीमें दाग’ मेरो सबैभन्दा मनपर्ने फिल्म हो। किनकी यो फिल्मको कहानीलाई म मेरो जिन्दगीमा रिलेट गरेर हेर्छु।

अँ‚ विगत कोट्याउँदा थुप्रै निराशाहरू अगाडि आउँछन्। यो जिन्दगीको एउटा यस्तो च्याप्टर बन्यो‚ जो मृत्युपछि पनि बदलिने छैन।

बिबिसी हिन्दीबाट अनुवाद

प्रकाशित मिति: शनिबार, फागुन ३, २०७६  २१:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असोज ६, २०८३
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्