काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भ्रष्ट्राचार विरोधी कदम लिदाँ भ्रष्ट्राचारमा लिप्त हुनेहरु मुर्मुरिएकाे आराेप लगाएका छन्।
प्रतिनिधिसभाकाे शनिबारकाे बैठकमा सरकार उपलब्धिहरु राख्ने क्रममा प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको नाम नलिइकन यस्ताे आराेप लगाएका हुन्।
कांग्रेसप्रति संकेत गर्दै उनले भने, 'सुशासनका संयन्त्र क्रियाशील हुँदा भ्रष्ट्राचारमा लिप्त हुनेहरु मुर्मुरिएका छन्।’ भ्रष्ट्राचारमा शुन्य सहनशीलता नीति अवलम्बन गर्ने आजको सम्बाेधनमा पनि प्रधानमन्त्री ओलीले दोहोर्याए। उनले भने, ‘दुराचार र दुराचारी, भ्रष्ट्राचार र भ्रष्ट्राचारीका सम्बन्धमा मुखमा पानी हालेर बस्ने मेरो बानी छैन। जो जतिसकुै उच्च ओहोदाको होस्, वा कथित पहुँचवाला तिनको मुख हेरेर सजाय तोकिन्न। कारवाही गर्ने/नगर्ने फैसला मुख हेरेर गरिन्न।’
भ्रष्ट्राचार आफूले नगर्ने र गर्न पनि नदिने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्रीले आफ्नो भनाइलाई भन्नको लागि भनेको नभएको बताए। भन्नको लागि भनिएको सोच्नेले गल्ति गर्ने उनले टिप्पणी छ।
सार्वजनिक जग्गा हडप्नेविरुद्ध र राजस्व अपचलनका कसुरका विरुद्धमा लाग्दा पटकपटक आलोचना खपेकाे उनले बताए। ओलीले भने, ‘तस्करहरु समातिएपछि खै सुन भन्दै उफ्रिएको देखेको छु। अदालतले छोडेका बाहेक अन्य जेलमा नै छन्। सुन तस्करीको लाइन तहसनहस र बन्द पारिएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।