एजेन्सी- चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनकाे संख्या १ हजार ५ सय २३ पुगेकाे छ। शुक्रबारमात्रै १ सय ४३ जनाकाे मृत्यु भएकाे छ।
याे भाइरसबाट अहिलेसम्म ६६ हजार ४ सय ९२ जना संक्रमित भएका छन्। स्वास्थ्य विभागका अनुसार शुक्रबार २ हजार ६ सय ४१ जना नयाँ संक्रमित फेला परेका छन्। १ हजार ३ सय ७३ जना बिरामी उपचारपछि घर फर्किएका विभागले जनाएकाे छ।
समाचार एजेन्सी पीटीआईका अनुसार काेराेना भाइरसको उद्गमस्थल हुबेई प्रान्तमा १३९ जनाकाे मृत्यु भएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।