काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर नहुनुको कारण लिखित रुपमा पेश गर्न सर्वोच्चको आदेश, जानकारी दिन १५ दिनको समय सीमा ।
२) प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् ६० हजार युवालाई मात्रै रोजगारी, १३ लाख ३३ हजार युवा बेरोजगार, बेरोजगारले निर्वाह भत्ता पनि नपाउने ।
३) ग्रेटवाल मोटर भित्र्याउन व्यावसायिक घरानाको दौडधुप, भारतमै प्लान्ट स्थापना गरेर सवारी उत्पादन हुँदा नेपालमा राम्रो सम्भावना, विशाल ग्रुप, सारडा ग्रुप र एमएडब्लू भृद्धिको तीव्र लबिङ ।
४) ए डिभिजन लिग फुटबलमा उपाधिका लागि आर्मी र मछिन्द्र शनिबार भिड्दै, जावलाखेललाई पराजित गर्दै मनाङ मस्र्याङ्दी तेस्रो स्थानमै फर्कियो, मछिन्द्रसँग अंक बराबरी ।
५) र, टर्कीका राष्ट्रपति इर्दोगान पाकिस्तानको २ दिने भ्रमणमा, संसदको संयुक्त बैठकलाई गरे सम्बोधन, कश्मीर मुद्दामा पाकिस्तानलाई साथ दिने प्रतिबद्धता ।
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।