काठमाडौं- सभामुख अग्नीप्रसाद सापकोटाको सञ्चार विज्ञमा श्रीधर न्यौपाने नियुक्त भएका छन्। सिन्धुपाल्चोकका न्यौपाने डेढ दशकयता पत्रकारितामा आबद्ध छन्।
२०५८ सालमा कामना प्रकाशनबाट पत्रकारिता सुरु गरेका न्यौपानसँग नेपाल समाचारपत्र, रेडियो मिर्मिरे, रेडियो मैत्री र रेडियो नेपाल र नेपाल टेलिभिजनमा काम गरेको अनुभव छ।
हाल देशभरका सामुदायिक रेडियोहरुको छाता संगठन अकोराबमा उनी प्रोग्राम म्यानेजर पदमा कार्यरत छन्। त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका उनी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।