काठमाडौं– सडक डिभिजन कार्यालय विराटनगरका तत्कालीन कार्यालय प्रमुख जितेन्द्रकुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौधरीविरुद्ध ३५ लाख रुपैयाँ बराबरको विगो दाबीसहित मुद्दा दायर गरेको हो।
चौधरीले उक्त कार्यालयमा प्रमुख रहँदा भूमि इन्फ्रास्ट्रक्चर प्रालिबाट विभिन्न मितिमा श्रीमतीको खातामा रकम जम्मा गरेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान गरेको थियो।
चौधरीले भूमि इन्फ्रास्ट्रक्चर प्रालिका सञ्चालकबाट बाटो निर्माण गर्ने विभिन्न स्वीकृत आयोजनाको काम सुरु गर्दा दिइने मोविलाइजेसन रकमबाट ३५ लाख गैरकानूनी तवरले कमिसनको नाममा घुसररिसवत लिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ। उनले उक्त रकम श्रीमतीको खातामा जम्मा गर्न लगाएको समेत अख्तियारले जनाएको छ। सोही आधारमा अख्तियारले चौधरीले लिएको घुसररिसवतको रकम समेत जफत गर्ने गरी विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।