काठमाडौं - प्रेम दिवसको प्रभाव कलाकारहरुमा नपर्ने कुरै भएन। सामाजिक सञ्जाल चहार्दा देखिन्छ उनीहरुको प्रेमिल मुड।
कलाकारिता क्षेत्र यसै त रङ्गिन त्यसमाथि प्रेम दिवसको रौनकले प्रायः कलाकारका सामाजिक सञ्जाल विभिन्नखाले तस्वीर र क्यापसनले भरिएका छन्।
कोही जोडिसहित उपस्थित भएका छन् सञ्जालमा, कोही एक्लै। प्रेमीसँगका प्रेमिल तस्बिर सार्वजनिक गर्नेहरु पनि देखिए।
छवी ओझासँग डिभोर्सपछि एक्लिएकी नायिका रेखा थापाले इन्स्टामा प्रेमको सन्देशसँगै एक्लो तस्बिर राखेकी छन्।
उनको सन्देश छ 'माया मनले हुन्छ र प्रेम मस्तिष्कले, त्यसैले माया मात्र त पागल मनले मात्र पनि हुन्छ तर प्रेम गर्न पागल मनमात्र होइन सचेत मस्तिष्क पनि चहिन्छ।'
.JPG)
नायिका आँचल शर्माले जोडीको तस्बिर राखेकी छन्।

हालसालै विवाह गरेकी नायिका ऋचा शर्माले श्रीमानसँगको प्रेमिल तस्बिर राखेकी छन्।

नायिका वर्षा राउत पनि श्रीमानसँगै देखिइन इन्स्टामा।

अर्की नायिका वर्षा सिवाकोटी कुकुरको छाउरो बोकेर देखा परिन्।

विवाहित नायक राजेश हमालले एक्लो तस्बिर पोस्ट गरे इन्स्टाग्राममा।

नायिका नम्रता सापकोटा पनि एक्लै छिन् इन्स्टामा।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।