काठमाडौं- प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरी स्थगित हुने भएको छ।
राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएकाले बैठक स्थगित गर्न लागिएको हो।
उपाध्यायको शुक्रबार बिहान रुपन्देहीमा निधन भएको हाे। प्रधानमन्त्री केपी शर्माले संसदलाई सम्बाेधन गर्ने पूर्वनिर्धारित कार्यतालिका शनिबारका लागि सारिएको छ।
उपाध्यायकाे दुई वर्षे कार्यकाल सकिएकाे छ।
यसअघि प्रधानमन्त्री लीले शुक्रबार प्रतिनिधिसभामा सम्बोधन गर्ने तयारी थियाे। सरकारका दुई वर्षे कामकारबाहीबारे सदनलाई जानकारी दिन प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।