काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्।
सरकारका दुई वर्षे कामकारबाहीबारे सदनलाई जानकारी दिन प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्।
दिउँसो २ बजे प्रतिनिधिसभाकाेको बैठकमा प्रधानमन्त्रीले सार्वजनिक महत्त्वका विषयमा सम्बाेधन गर्न लागेकाे संसद सचिवालयले जनाएकाे छ।
वर्तमान सरकार बनेको फागुन ३ गते (भाेलि) दुई वर्ष पूरा हुने भए पनि भाेलि सार्वजनिक बिदा परेका कारण शुक्रबार नै प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।