लखनऊ- भारतीय मुख्यमन्त्री योगी आदित्यनाथले भारत र नेपालको सांस्कृतिक र आध्यात्मिकसम्बन्ध साझा सम्पदाको रूपमा रहेकाे बताएका छन् । उनले भने, 'यसमा राजनीति बाधक बन्नु हुँदैन।'
बिहीबार कालिदास मार्गस्थित सरकारी निवासमा आयाेजित भारत-नेपाल द्विपक्षीय वार्तालाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन्। नीति अनुसन्धान फाउन्डेशन नेपाल र नेपाल-इण्डो चेम्बर अफ कमर्स एण्ड इंडस्ट्री (एनआईसीसीआई) काठमाडौंले आयोजना गरेको कार्यक्रममा उनले प्राचीन कालदेखि भारत र नेपाललाई सांस्कृतिक सम्पदाले एकताबद्ध गरेकाे बताए।
'दुवै देशको एक अर्कामा चासो छ,' उनले भने, भारतीय सेनामा नेपाली नागरिक साधारण सिपाहीदेखि लिएर उच्च पदसम्म रहेका छन्। यो भारतको विश्वास हो।'
उनले नेपाल पर्यटनको सबैभन्दा ठूलो केन्द्र बन्न सक्ने बताए। प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथलाई काशी विश्वनाथसँग जोडेका उनकाे भनाइ छ। अयोध्या जनकपुरसँग जोडिएको बताउँदै उनले भने, 'वाराणसी स्मार्ट सहरको रूपमा विकास भइरहेको छ भने काठमाडौं किन पछाडि पर्छ?'
नेपालले आफ्नो शत्रु को हो र मित्र को हो भनेर चिन्नु पर्छ? उनकाे सुझाव छ। उनले भने, 'भारतकाे काशी विश्वनाथ मन्दिरजस्तै नेपालले पनि आफ्ना मन्दिर र सांस्कृतिक सम्पदालाई रोजगारसँग जोड्नुपर्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।