• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कौसीमा एक प्रेमिल जोडी

64x64
नेपाल लाइभ शुक्रबार, फागुन २, २०७६  ०५:५३
1140x725

काठमाडौं- चन्द्रकेशरी राजभण्डारी गएको पुसमा ९१ वर्ष पुगिन्। कृष्णदास राजभण्डारी आउँदो जेठमा ९१ वर्ष पुग्दैछन्। यी दुई जोडी बनेको ७१ वर्ष पुग्यो। हो त, ७१ वर्षदेखि सँगै। उस्तै प्रेम उस्तै साथ। केही खटपट पनि झन् प्रेमिल बनिने मेसो जस्तो।

जाडोमा कौसीमा घाम तापिरहेका भेटिन्छन् उनीहरू। गर्मीमा शीतल हावा चल्ने भएर होला कौसीमै देखिन्छन्। कहिँलेकाहीँ तल बाटोतिर हुन्छन्। प्रायतः सँगै।

कौसीमै बितेका होइनन् ७१ वर्ष। जिन्दगीका उकाली ओराली र हन्डर ठक्कर त छँदै छन्। तर अहिले कौसीमा उनीहरुको ‘देखिने सम्बन्ध’ नियाल्दा अगाडिका वर्षहरु अनुमानमै भए पनि मीठो गरी आँखाअघि आइदिन्छन्।

हनुमानस्थानमा प्रायः देखिइरहने यो जोडी आज अझ विशेष लाग्यो। ‘भ्यालेन्टाइन डे’ भन्दै युवायुवती उत्सवमा लागेकाले होला चन्द्रकेशरी र कृष्णदासको जोडीबाट धेरैबेर आँखा हटेन।  

प्रेमको स्वरुप आआफ्नै होलान्। भावना आफ्नै होला। परिभाषा आआफ्नै होलान्। व्यक्त गर्ने शैली बेग्लै भई नै हाल्छन्। यस्तोमा प्रेमको तुलना पनि नहोला। प्रेम हो चाहिँ के भन्ने पनि एक दर्शन बनिदेला। तर, यिनलाई देख्दा खुसी मनले भन्न बाध्य भइन्छ, ‘वाह! क्या जोडी।’

माया गर्ने भनेको यसैगरी हो कि? साथ दिने भनेको यही होला। हात थाम्ने भनेको पनि त यही होला। होइन भने त देख्दै नदेखी चन्द्रकेशरीलाई घर भित्र्याएका कृष्णदासलाई उनी जति सुन्दर अहिलेसम्म अरु लागेन। उनको जति माया पनि।

उत्सवमय बनेको प्रेम दिवस सामाजिक सञ्जालमा छरपस्ट छ। एफएम रेडियो र पत्रपत्रिकाको बुईं चढेर केही वर्षअघि भित्रिएको ‘नयाँ चाड’ चन्द्रकेशरी र कृष्णदासलाई थाहा छैन। तर चन्द्रकेशरीलाई थाहा छ- के गर्दा कृष्णदास खुसी हुन्छन्, के गर्दा झिँजो मान्छन्। उस्तै कृष्णदासलाई पनि थाहा छ चन्द्रकेशरीबारे।

Ncell 2
Ncell 2
nimb
nimb

साथ रहेको एक हप्ता पुगेको पनि ‘सेलिब्रेसन’ गर्ने समय आइसक्दा ७१ वर्षमा चन्द्रकेशरी र कृष्णदासले के कति ‘सेलिब्रेसन’ गरे थाहा छैन।

तर आपसमा भरथेगको जीन्दगी खुब ‘सेलिब्रेसन’ गरिरहेका छन्। चाउरिएका गालामा देखिएको चमक र बुढो शरीरमा पनि युवा जोश त्यही ‘सेलिब्रेसन’ त हो।

चन्द्रकेशरी र कृष्णदासले २००५ सालको वैशाखमा बिहे गरेका। बिहेअघि चिनजान हुनुपर्छ भन्ने त उनीहरूले सोचेका पनि थिएनन्। भएन पनि। न त कहिल्यै देखेको थियो, न त कहिल्यै चिनेको थियो। विवाह मण्डपमा बस्दासम्म पनि। उनीहरुको भोगाइ नातिनातिना पुस्तालाई त विश्वास गर्न पनि गाह्रो।

नदेखी विवाह भएको कुरा अहिलेकै पुस्ताको भाषामा गजबको ‘सरप्राइज’ जस्तो गरी राजभण्डारी दम्पती सुनाउँछन्, ‘त्योबेला एक-अर्कोलाई हेरेर, मन पराएर विवाह गर्ने चलन नै थिएन। बाबुआमाले हेरिदिएपछि जग्गेमा जाने र बस्ने।’

Xtrem

Xtrem

कृष्णदास त्यतिबेला भक्तपुरको ‘वाकुपटी नारायण मन्दिर’मा काम गर्थे। उनको परिवारले नै त्यो मन्दिरको रेखदेख गर्दै आएको थियो। कृष्णदास चोछे बस्थे, चन्द्रकेशरी इनाचो बस्थिन्। भेट्ने त परको कुरा, नजिकै भएर पनि देखेकासम्म थिएनन्।

त्यतिबेला २० वर्षकी चन्द्रकेशरीका लागि भिनाजुले केटा खोजिदिए। केटो हेर्न पनि भिनाजु नै गए। चन्द्रकेशरी सम्झिँदै भन्छिन्– ‘उहाँलाई भिनाजुले मन्दिरमा काम गरेको देख्नु भएको रहेछ। काम पनि गर्छ, मान्छे पनि राम्रो छ, मलाईं राम्रोसँग पाल्छन् भन्ने लाग्यो होला भिनाजुलाई।’

चन्द्रकेशरीले त्यो समय आफ्नो बिहेबारे धेरै कुरा के भन्नु। भनिन्– ‘भिनाजुले केटा हेरेपछि मेरो लागि ठीक छ।’ तब त चन्द्रकेशरीको परिवार कृष्णदाससँग छोरीको बिहे गरिदिन पूरा राजी।

बाजा बजाएर दुलही लिन जन्ति गयो। तर कृष्णदास गएनन्। किन त? उत्तर उही– दुलाहा जाने त चलन नै थिएन। आफैसँग जीवन बिताउने दुलही ल्याइदिन एक हुल जन्ती गए तर कृष्णदास घरमै।  

भोलिपल्ट दुलही लिएर जन्ती आयो। तर न त कृष्णदासले दुलहीको अनुहार राम्ररी हेर्न पाए न त राम्ररी बोल्न नै। भन्छन्- ‘एक दुई दिन होइन। आठ-दश वर्षसम्मै राम्ररी बोलिएन नि!’

लामो हाँसो तानेर कृष्णदासले तत्कालै प्रष्टीकरण दिइहाले- ‘समय नै त्यस्तै थियो नि। माया नभएर होइन, लाज लागेर नबोलेको।’

कृष्णदासका लागि मात्र होइन चन्द्रकेशरीकै लागि पनि त्यो समय कामको व्यस्तता उस्तै थियो। १४ जनाको संयुक्त परिवार। बिहान ४ बजे उठेपछि राति ११ बजेसम्म काम नै। कृष्णदास मन्दिरको कामसँगै ढाकाको टोपी बनाउँथे। चन्द्रकेशरी घरको कामसँगै तान बुन्थिन्।

चन्द्रकेशरी र कृष्णदास कामकै व्यस्तताले कहिल्यै बोलेनन् त? बोल्थे। तर घरमा कोही नभएको समयमा। १४ जनाको परिवारमा घरमा कोही नभएको मौका जुट्नु पनि ठूलो संयोग हुनु परिहाल्यो। यसमा कृष्णदास सुनाउँछन्, ‘कोही नभएको बेलामा कुराकानी गर्नेसँगै राति पनि कुराकानी गर्थ्यौं।’

कृष्णदासले पहिलो पटक धित मरुञ्जेल चन्द्रकेशरीको अनुहार हेर्न पाउँदा लागेको थियो, ‘खुलेको हँसिलो अनुहार, कस्ती राम्री!’

पुराना दिन सुनाइरहँदा अहिले तुरुन्तै कृष्णदासले ठट्टा गर्न भ्याइहाले। श्रीमतीतिर हेरेर हाँस्दै भन्छन्- ‘अहिले पनि उत्तिकै राम्री छे।’ 

कृष्णदासका लागि चन्द्रकेशरी न त दाल, भात, तरकारी हुन्। न त हिन्दी आहानमा जस्तो ‘घरकी मुर्गी दाल बराबर।’ सम्बन्धको लम्बाइ र चौडाइ मात्र होइन उनीहरुले गहिराइ पनि देखेका छन्। प्रेमको पूर्णतामा छन्। आदरका साथ आधार बनेर।
चन्द्रकेशरी र कृष्णदासको झगडै नपरेको पनि होइन। उही परालको आगो जस्तो एकैछिनलाई। एकअर्कालाई बिझाउने गरी झगडा भएको त उनीहरुलाई याद छैन।

आफूले भनेको जस्तो नहुँदा अलि रिसाउने बानी छ कृष्णदासको। त्यस्तो बेला चन्द्रकेशरी हाँसेर टारिदिन्छिन्।

चन्द्रकेशरी रिसाउँदा कृष्णदास मौन बसिदिन्छन्। आफ्नैसँगको रिस न हो, कतिञ्जेल टिकोस्। अनि त फेरि हाँसिमजाक।

यो ७१ वर्षको सहयात्रामा कृष्णदासलाई असाध्यै खुसी लागेको एउटा कुरा छ। यो उति खुसी हुनुपर्ने विषय हो होइन थाहा छैन। तर सन्तुष्टिको भावमा कृष्णदास भन्छन्, ‘उनले कहिल्यै मसँग केही मागिनन्। जस्तो दियो उस्तै लगाइन्। जस्तो छ उस्तै खाइन्।’

अहिलेसम्म पनि यस्तो चाहियो भन्ने बानी चन्द्रकेशरीमा छैन।

भौतिक वस्तुमा क्षणिक खुसीभन्दा चन्द्रकेशरी आत्मीयताको मीठो भोगाइमा छिन्। दुवैमा श्लेष पनि अहम् छैन। कोभन्दा को कमको प्रतिस्पर्धा कहिल्यै हुँदै भएन। कामको बाँडफाँट सहजता हेरेरै भयो।

दुई टाउकाको दुईथरी विचारमा एक भएर बढ्न कोही यिनीहरूसँग सिकुन्। समाजमा देखिने जस्तो चन्द्रकेशरीले ‘दास’ बनेर पनि बाँचिनन्। कृष्णदासले ‘दबाएर’ पनि बसेनन्। जे छ दुवैको छ। जे छैन दुवैसँग छैन।

चन्द्रकेशरीसँगको सम्बन्धप्रति कृष्णदास भन्छन्, ‘म उसकै हुँ। ऊ मेरै हो। ९१ वर्षका भयौँ। अहिलेसम्म बाँचेको दुवैको मायाले त हो।’  

अहिले त समयले कत्रो तुफान लिइसक्यो। चन्द्रकेशरी र कृष्णदासले देख्दादेख्दै धेरै फेरियो।

तर उनीहरु फेरिएनन्। सम्बन्ध फेरिएन। मन फेरिएन। माया फेरिएन। 

सबै तस्बिरहरू : निमेषजंग राई

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  ०५:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
नेपाली कांग्रेसका क्रियाशील सदस्य ९ लाख ६९ हजार ८४२ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्