काठमाडौं- निर्देशक सूर्य बोहराको निर्देशनमा नयाँ फिल्म ‘ओह प्रिया’ निर्माण हुने भएको छ।
निर्मात्री हिराल जोशीको जन्मदिनको अवसरमा मंगलबार,चावहिल गणेशस्थानमा स्क्रिप्ट पूजाका साथ ‘ओह प्रिया’ घोषणा गरिएको हो।
सिनेम्याक्स लण्डनले बिरंजना इन्टरटेन्मेन्ट र इएसबी फिल्म नेपालसँगको सहकार्यमा निर्माण गर्न लागेको फिल्मको स्क्रिप्ट निर्देशक बोहराकै हो।
सृजना जोशी महर्जन कार्यकारी निर्माता र एलिस अधिकारी लाइन प्रोड्युसर रहेको फिल्मका गीतमा एलिस कार्कीको संगीत रहनेछ।
नेपालका साथमा वेल्स,स्कटल्याण्ड, लण्डन र क्यानडामा खिचिने फिल्मको सुटिङ जुन अन्तिममा हुने जानकारी निर्देशक बोहराले दिएका छन्। प्राविधिक र कलाकारको छनौट कार्य जारी रहेको फिल्मको प्रदर्शन मिति भने सन् २०२१ को भ्यालेन्टाइन्ड डे अर्थात्, फागुन पहिलो सातालाई तोकिएको छ।
निर्देशक बोहराको यसअघिको फिल्म ‘हेलो जिन्दगी’ को लण्डन र काठमाडौंमा भिएफएक्स भइरहेको छ। सो फिल्म दशैंको छेकोमा प्रदर्शन गर्ने तयारी निर्माण पक्षको छ।
निर्देशक बोहराकै निर्देशनमा अभिनेता बिक्रम जोशीले यसअघि नै ‘आइडी नं ८८४८’ निर्माण गर्ने घोषणा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।