• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘जनयुद्ध दिवस’मा बामदेवले सम्झिए माओवादीबाट मारिएका २९५ नेता-कार्यकर्ता

64x64
नेपाल लाइभ बिहीबार, फागुन १, २०७६  २०:२४
1140x725

काठमाडौं- पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको अवसर पारेर आयोजित ‘जनआन्दोलन तथा जनयुद्धका सहिदहरूको स्मृतिमा श्रद्धाञ्जली सभा’मा नेकपाका उपाध्यक्ष बामदेव गौतमले पूर्व एमालेको कार्यकर्ताहरूको विषय उठाउँदै भने, ‘जनयुद्धमा ज्यान गुमाएका पूर्व एमालेका नेता कार्यकर्ताको पनि लेखाजोखा हुनुपर्छ।’

उनले सम्मान र व्यवस्थापनको मोडलबारे त्यत्ति व्याख्या गरेनन्। ‘जनयुद्ध दिवस मनाइरहँदा जनयुद्धको अवधिमा पूर्व एमालेका ३ सय बढी नेता कार्यकर्ताले रगत बगाएका छन्। तिनका परिवार, तिनको कामको पनि लेखाजोखा हुनुपर्ने आवश्यकता छ,’ उनले भने। 

राज्यविरुद्ध सशस्त्र द्वन्द्व सुरु गरेको दिनलाई मानक बनाउँदै पूर्व एकीकृत माओवादीले मनाउँदै आएको ‘जनयुद्ध दिवस’ एमाले र माओवादीबीच पार्टी एक भएपछि फरक नाममा मनाउन थालिएको हो।

धुम्बाराहीमा आयोजित कार्यक्रममा पूर्व माओवादीका नेताबाट तत्कालीन समयका आफ्ना पार्टीका नेता-कार्यकर्ताको मात्र योगदानको चर्चा हुनु स्वभाविकै हो। 

जनयुद्धकालमा माओवादीबाट सेना, प्रहरी मात्रै मारिएनन्, शिक्षक, विद्यार्थी, पत्रकार अनि नेपाली कांग्रेस, एमालेलगायतका दलका नेता तथा कार्यकर्ता पनि मारिए।

अहिले पार्टी एक भए पनि द्वन्द्वकालमा माओवादीको सूचीमा तत्कालीन एमाले वर्ग शत्रु समान नै थियो।

माओवादी–एमाले मिलनपछि एकीकृत पार्टी नेकपा बने पनि द्वन्द्वताका मारिएका, बेपत्ता बनाइएका, अयोग्य ठहरिएका लडाकुको व्यवस्थापनको पाटो अझै सुल्झाउन सकेको छैन।

तत्कालीन माओवादीका नेताहरूले त्यसैले सार्वजनिक मञ्चमा खपत हुने उनीहरुको शब्द पनि तत्कालीन द्वन्द्वकालका पीडित र प्रभावित परिवारका सदस्य केन्द्रितै हुने गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

द्वन्द्वताका एमालेका जति नेता कार्यकर्ताले ज्यान गुमाए, ती माओवादीबाटै मारिएका थिए। पार्टी एकीकरणपछि पीडक र पीडित एकैथलोमा छन्। यस्तो बेलामा पीडितका परिवारलाई पीडक तत्कालीन माओवादीका नेतालाई स्वीकार्न कठिन हुनु स्वभाविक हो। कतिपय नेकपाका नेता कार्यकर्ताले ‘जनयुद्ध’ समेत स्वीकार्न सकेका छैनन्। 

बिहीबारकै कार्यक्रममा समेत प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाललगायतका पूर्व एमालेका नेता कार्यकर्ता देखिएनन्। यस्तो अवस्थामा एकाएक नेकपाका उपाध्यक्ष गौतमले द्वन्द्वकालका मारिएका तत्कालीन एमालेका नेता तथा कार्यकर्ता र उनीहरूको परिवारलाई पनि सम्झिए। उनीहरूको योगदानको कदर हुनुपर्ने विषयको उठान गरे। अनि प्रभावित परिवारको व्यवस्थापनको नयाँ मुद्दा बहसमा ल्याए।

चार सय ९५ मारिएका थिए
तत्कालीन एमालेले १० वर्षे द्वन्द्वकालमा मारिएका आफ्ना नेता कार्यकर्ताको अभिलेख बनाएको छ। अभिलेखअनुसार तत्कालीन एमालेका ४ सय ९५  कार्यकर्ता मारिएका थिए। मारिएकामध्ये २ सय ९५ माओवादीबाट मारिएका हुन् भने अन्य राज्यपक्ष र क्रसफायरमा मारिएका हुन्। 

Xtrem

Xtrem

द्वन्द्वकालमा यो तथ्यांक तत्कालीन एमालेका नेता देवशंकर पौडेललाई जिम्मा दिएको थियो। यो तथ्यांक उनकै अध्ययन प्रतिवेदनको हो। तत्कालीन एमालेले अर्का नेता झलनाथ खनालको संयोजकत्वमा समेत ‘माओवादी तथा राज्यद्वारा सृजित हिंसा र आतंकसम्बन्धी अध्ययन कार्यदल’ गठन गरेको थियो। 

झलनाथको प्रतिवेदनमा तत्कालीन माओवादीबारे उल्लेख थियो, ‘रातो झन्डा बोकेर कम्युनिस्ट कार्यकर्ताकै हत्या गर्ने कार्यमा निर्लज्जतापूर्वक उत्रिएको माओवादी डफ्फाले सैद्धान्तिक, राजनीतिक विश्लेषण बिना विवेक गुमाएर देश र जनताको मुक्तिको लागि समर्पित कैयौं क्रान्तिकारी योद्धाहरूको ज्यान लिने काम गरेको छ।’

को–को मारिए?
२०५५ पछि माओवादी एकाएक तत्कालीन एमालेका नेता कार्यकर्ताविरुद्ध आक्रामक भएको देखिन्छ। खनाल प्रतिवेदनअनुसार यही अवधिमा माओवादीले विभिन्न आरोप लगाएर एमाले कार्यकर्ताको हत्या गरेका थिए। यही बीचमा एमाले निकट कार्यकर्ता सामूहिक रूपमा समेत मारिएका थिए। 

माओवादीबाट मारिएका तत्कालीन एमालेका नेतामध्ये चर्चा भइरहने घटना हो रुकुमका यदु गौतमको हत्या। तत्कालीन एमाले रुकुम जिल्ला कमिटीमा सचिव रहेको बेला माओवादीले २०५५ फागुन २१ गते उनको हत्या गरेको थियो। गौतम २०५६ को संसदीय निर्वाचनाका लागि रुकुम क्षेत्र नम्बर २ बाट एमालेको उम्मेदवार बनेका थिए। चुनाव प्रचारका क्रममा रुकुमको साविक गरायला गाविस-७ को मेघमा पुगेको बेला खुकुरी हानेर उनको हत्या गरिएको थियो। उनको हत्यापछि तत्कालीन एमालेले उनकी श्रीमती तीर्था गौतमलाई उम्मेदवार बनाएको थियो र उनले निर्वाचन जितेकी थिइन्।

माओवादीबाट मारिएका तत्कालीन एमालेका अर्का नेता हुन् सल्यानका हरिसिंह नेपाली। माओवादीविरुद्ध सुराकी गरेको आरोपमा माओवादीले २०५५ फागुन ११ मा उनको हत्या गरेको थियो। काभ्रेका बलराम सापकोटा र  श्रीबहादुर कुँवर, दोलखाका मित्रमान तामाङ, बाजुराका मानसिंह थापा माओवादीबाट मारिएका थिए।

२०५५ मंसिर २ मा रुकुमका दलराम खड्का, मंसिर २८ मा रुकुमकै शेरबहादुर खड्का, २०५६ माघमा चीनबहादुर रोका, ०५६ असार ५ मा सल्यानका विष्णु गिरी, ०५८ मा सल्यानका शोभाराम बस्नेतसमेत मारिएका थिए। 

०५५ माघ २७ मा रोल्पामा ८ जना एमाले कार्यकर्ता मारिए। यो घटना हारजंग काण्डको रुपमा परिचित छ। बिहानै एक स्थानीयको घरमा आगो लगाएर बाहिर निकिस्कएका जति सबैलाई माओवादीले गोली हानेको थियो। सो घटनामा १४ वर्षका किशोरदेखि ६० वर्षका वृद्धासम्म मारिएका थिए। त्यो दिन पुष्टबहादुर गिरी, अमृतबहादुर गिरी, ढाँटे पुन, मनबहादुर गिरी, ऐभान पुन, चैते पुन, बेगमबहादुर पुन, तिर्खु गिरी, हस्ते रोका र खिरु पुन मारिएका थिए। ०५५ मा जाजरकोटका बिजुलीप्रसाद रेग्मी मारिएका थिए।

०५६ माघ १० मा रोल्पाको मिझिङमा माओवादीले थापेको एम्बुसमा परेर बामदेव गौतम र विश्वमाया सुवेदी मारिएका थिए। दुबै जना सरकारी कर्मचारी थिए। उनीहरू तत्कालीन एमाले निकट नेपाल निजामती कर्मचारी सङ्गठनका सदस्य भएकाले उनीहरुलाई आफ्नो पार्टीको कार्यकर्ताको सूचीमा राखेको थियो।

रोल्पाका सूर्यबहादुर खत्री माओवादीबाट ०५७ बैशाख २५ मा मारिए। कालिकोटका पर्वलाल शाही ०५६ फागुन २९ मा मारिए। ०५६ भदौंमा कालिकोटकै खड्क बोगटी र रोम बोगटी माओवादीबाट मारिएका थिए। चैतमा विष्णुप्रकाश बरालको हत्या भयो। ०५६ जेठ १४ मा सिन्धुपाल्चोकका गंगाबहादुर सुवेदीको हत्या भयो।

पूर्ण विवरण (नवयुग, असार २०६७ को सहयोगमा नेपाल लाइभले तयार पारेको विवरण)

नेकपाको वेबसाइटमा छैन रिर्पोट
तत्कालीन माओवादीबाट मारिएका आफ्नो पार्टीका नेता कार्यकर्ताको विवरण एमालेले आफ्नो आधिकारिक वेबसाइट 'सिपिएनयुएमएलडटओआरजी'मा राखेको थियो। अहिले पनि सो साइटमा माओवादी विद्रोहका पिडितहरू भन्ने लिंक त छ तर सो लिंकमा प्रतिवेदनको प्रारम्भका भूमिका राखिएको छ, अन्य सामग्री हटाइएको छ।

सो लिंकमा राखिएको प्रतिवेदनको प्रारम्भिक अंशमा माओवादी द्वन्द्वकालमा एमालेका चार सय ९० जना मारिएको लेखिएको छ। प्रतिवेदनअनुसार ०५२ देखि द्वन्द्वकालमा माओवादीबाट २ सय ९५, राज्यबाट १ सय ८८ अनि अज्ञात समूहबाट एक जना र क्रसफायरमा परी आठ जनाको मृत्यु भएको उल्लेख छ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६  २०:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा
भारतीय सेनाका एडजुटेंट जनरल कौशिक नेपाल भ्रमणमा
सुदूरपश्चिममा एकै वर्ष दोस्रोपटक बजेट, ३७ अर्ब ७० करोड विनियोजन
सम्बन्धित सामग्री
सुदूरपश्चिममा एकै वर्ष दोस्रोपटक बजेट, ३७ अर्ब ७० करोड विनियोजन यस अघि निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले प्रदेश सभामा असार १ गते बजेट विनियोजन गरेपनि शत्तारुढ दल नेकपा एमालेले... आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु पार्टीको केन्द्रीय कार्यालय सानेपामा केहीबेर अगाडिबाट मतगणना सुरु भएको निर्वाचन समितिले जानकारी दिएको छ । आइतबार, असोज २५, २०८३
‘सीपयुक्त जनशक्ति उत्पादन गर्न निजी क्षेत्रसँग सहकार्य गछौँ’: मन्त्री यादव आइतबार भक्तपुरमा एभरेष्ट मल्टिस्किल प्रा.लि.ले सञ्चालन गरेको सीपमूलक तालिम केन्द्रको उद्घाटन गर्दै उनले बजारको मागअनुसार सीपयुक्त जन... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
भारतीय सेनाका एडजुटेंट जनरल कौशिक नेपाल भ्रमणमा आइतबार, असोज २५, २०८३
सुदूरपश्चिममा एकै वर्ष दोस्रोपटक बजेट, ३७ अर्ब ७० करोड विनियोजन आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
अस्ट्रेलियाका प्रधानमन्त्रीले भने– विजया दशमीको शुभकामना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्