काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पार्टीले आयोजना गरेको जनयुद्ध दिवसमा अनुपस्थित भएका छन्।
पार्टी कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपस्थित भए पनि ओली नगएका हुन्।
यसअघिसम्म प्रधानमन्त्रीको सचिवालयले ओली पनि कार्यक्रममा उपस्थित हुने जनाएको थियो । जनयुद्धका कट्टर विरोधीका रुपमा चिनिएका ओलीले डेढवर्षअघि तत्कालीन माओवादीसँग पार्टी एकता गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।