काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादका लागि फेरि आन्दोलन हुने बताएका छन्।
जनयुद्ध दिवसका अवसरमा बिहीबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा दाहालले समाजवादका लागि अब हुने आन्दोलन शान्तिपूर्ण रहने पनि बताए। माओवादी विघटन गरेर नेकपा बनाउनु समाजप्रतिको चिन्ता भएको उनको भनाइ थियो।
‘जनवादी क्रान्ति मौलिकतामा भएको हो, अब समाजवादतिर पनि मौलिकतामै अघि बढ्छ,’ उनले भने।
उनले अब बुर्जवा पार्टी नेपालमा नचाहिएको उल्लेख गर्दै कम्युनिष्ट नेता बिग्रने पथमा जान नहुने बताए। ‘सरकारमा पुगेपछि वैचारिक स्खलन, सांस्कृतिक स्खलन हुने कार्य सोभियत युनियनमा भयो, पुँजीपतिको हातमा पुग्नु कम्युनिष्ट नेता बिग्रनु हो, हामी त्यो पथमा जान हुँदैन, पतन भइरहेका कम्युनिष्ट हुन नपरोस्’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।