काठमाडौं– कुवेतको अल–मुतला क्षेत्रको निर्माणस्थलमा बालुवा र ग्राभेलको ठूलो थुप्रोले पुरिँदा ४ नेपाली कामदारको मृत्यु भएको छ। घटनामा अन्य ३ जना घाइते भएका छन्।
कुवेतको अरबटाइम्स अनलाइनले जनाएनुसार दुर्घटनामा परेका अन्य ३ कामदारको अवस्था अझै थाहा हुन सकेको छैन। त्यहाँ उद्दार कार्य जारी छ। प्रत्यक्षदर्शीका अनुसार चिनियाँ कम्पनीका कार्यरत कामदारहरु भवन निर्माणस्थलको खाल्डोमा बसेर काम गरिरहेका बेला माथिबाट बालुवाको ढिस्को खसेर पुरेको थियो।
कामदार पुरिएको जानकारीलगत्तै २० वटा एम्बुलेन्स र स्वास्थ्यकर्मीहरु घटनास्थल पुगेका थिए। तत्काल ७ जनालाई उद्दार गरिएकामा ४ जनाको घटनास्थलमै मृत्यु भइसकेको जनाइएको छ। घाइतेहरुको स्थानीय जहरा अस्पतालमा उपचार भरहेको छ। घाइतेहरु भने कुन देशका हुन् भन्ने खुलेको छैन।
यसैबीच, सार्वजनिक निर्माण मन्त्री डा राना अल फारिसले घटनाको अनुसन्धानका लागि छानबिन समिति गठन गर्न आदेश दिएकी छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।