Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

२० वर्ष नपुग्दै विवाह, अधिकांश बच्चा कुपोषित

64x64
नेपाल लाइभ बिहीबार, फागुन १, २०७६  ०८:५२
1140x725

सुर्खेत–सुर्खेतको गुर्भाकोट नगरपालिकाकी १७ वर्षीया सुनिता विक कलिलै उमेरमा विवाह बन्धनमा बाँधिइन्। उनी एक वर्षमै बच्चाको आमा बनिसकेकी छन्। सुत्केरी हुन स्वास्थ्य संस्था पुगेकी उनलाई स्वास्थ्य संस्थाले थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेतमा पठायो। अस्पतालमा बच्चा जन्मियो तर, कम तौलको थियो। बच्चा जम्मा एक किलो ७०० ग्रामको मात्रै छ।

१५ दिनकी सुत्केरी उनी राम्रोसँग बोल्न पनि सकेकी छैनन्। ‘लामो व्यथा लागेकाले मलाई केही थाहा भएन’, उनले भनिन्, ‘बच्चाको अवस्था कस्तो छ र हुनुपर्ने कस्तो हो त्यो विषयमा केही थाहा छैन।’ विद्यालय पढ्दापढ्दै गाउँकै एक युवकसँग प्रेम विवाह भयो, कलिलो अवस्थामा आमा बनेकी उनलाई आमा हुँदा के–के गर्नुपर्छ राम्रोसँग जानकारी छैन।

१७ वर्षमै विवाह गरेकी सुर्खेत वीरेन्द्रनगर–६ की तुलसा सिंहको पहिलो सन्तान जीवित रहेन । गर्भवती भएको सात महिनामै जन्मिएको बच्चा बचाउन नसकिएको उनले बताइन्। पहिलो सन्तान बितेको एक वर्षको अन्तरालमा लगातार दुई वटा सन्तान जन्मिए । 
 
पहिलो सन्तान छोरा जन्मिएको एक वर्षपछि छोरी जन्माइन् तर, छोरी कुपोषित भइन्। बर्सेनि बच्चा जन्माइरहने र आमालाई पोषणको कमी हुँदा उनका जन्मिएका बच्चा कुपोषित भएका हुन्। ‘राम्रोसँग बच्चालाई खुवाउने दूध नआएकाले छोरीलाई कुपोषण भयो’, उनले भनिन्, ‘छोरीले दूध खुवाउँदा पनि नखाने गर्नाले पनि कुपोषण भयो छोराको त अवस्था ठीकै छ ।’ छोरी कुपोषण भएपछि उनी उपचारका लागि प्रदेश अस्पतालको पोषण पुनःस्थापना गृहमा पुगिन्। अहिले विगत एक महिनादेखि पुनःस्थापनागृहबाट छोरीको उपचार गराइरहेकी छन्। 

दैलेख पाचिकाडाकी सुन्तली शर्मा पनि कुपोषित बच्चालाई पुनःस्थापनागृहमा राखेर उपचार गराइरहेकी छन्। सुन्तलीको १८ वर्षको हुँदा विवाह भयो १९ वर्षको हुँदा पहिलो सन्तान जन्माइन्। ‘मेरो उमेर नपुगेर मैले विवाह गरेँ, बच्चा जन्माउने बेला धेरै पीडा भयो’, उनी भन्छिन्, ‘घरमा घाँस दाउरा गरिरहनुपर्ने कामैकाम दूध खुवाउने पनि फुर्सदै पाइनँ।’ उनले न त आफूले पोषिलो खाना खान पाइन्, न त छोरीलाई राम्रोसँग दूध खुवाउन। यसले गर्दा छोरीलाई कुपोषण भयो ।

कर्णाली प्रदेशमा कलिलै उमेरमा विवाह गरेका आमाबाट जन्मिएका अधिकांश बच्चामा कुपोषणको समस्या देखिएको छ । कम उमेरमा बच्चा जन्माउनाले आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्छ भन्ने विषयमा जानकारी नहुँदा कम उमेरमा बच्चा जन्माउने प्रवृत्ति अन्त्य हुन सकेको छैन । 
 
कर्णाली प्रदेशको प्रदेश अस्पतालको पोषण पुनःस्थापना गृहमा २० वर्षमुनिका बच्चाको आमा प्रायः आउने गरेका छन् । पुनःस्थापना गृहका प्रमुख प्रभा सिंहले पुनःस्थापना गृहमा आउने अधिकांश आमा २० वर्षमुनिको रहेको जानकारी दिइन्। ‘हामीले आमाको छुट्टै रेकर्ड नराखे पनि यहाँ आएकालाई सोधपुछका क्रमबाट पनि उनीहरु २० वर्षमुनिका रहेको पाइन्छ’, उनले भनिन्, ‘यस वर्षबाट बच्चासँगै आमाको पनि छुट्टै रेकर्ड राख्ने तयारी गरेका छौँ ।’

Ncell 2
Ncell 2
nimb
nimb

पोषणगृहको तथ्याङ्कअनुसार यस आर्थिक वर्षको साउनयता ६० बालबालिका उपचार गर्न पोषणगृहमा आएका छन्। तीमध्ये २१ बालिका र ३९ बालक रहेका  छन् । शीघ्र कुषोषण भएका ३१ र मध्यम कुपोषण भएका २९ बालबालिका थिए। प्रमुख सिंहका अनुसार ४७ बालबालिका निको भएर गएका छन्। कुषोषणमा प्रायः पाँच वर्षमुनिका बालबालिका पर्ने गरेको जनाइएको छ । 

आव २०७५/०७६ मा मात्रै गृहमा १०३ बालबालिका आएका थिए । ‘कुपोषण पुनःस्थापना गृहमा आएका आमा र बालबालिलाई हामीले विभाजन गरेर राख्ने गरेका छौँ,’ उहाँले भन्नुभयो,‘अघिल्लो वर्ष शीघ्र कुपोषण भएका ६५ र  मध्यम कुपोषण भएका ३८ आएका थिए कोही पूर्णरुपमा निको भएर गए भने कोहीबीचमै भागेर गएका थिए ।’  

कर्णालीमा बालविवाहको दर बढ्दो छ। प्रसूति हुन स्वास्थ्य संस्थामा आउने एक चौथाइभन्दा बढी किशोरी रहेको तथ्याङ्क छ । भेरीगङ्गा नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिनियर अनमी सीता शर्माका अनुसार नगरपालिकामा प्रसूति हुने झण्डै आधा सङ्ख्या २० वर्षमुनिको आमा रहेको बताइन्। ‘सुर्खेतमा बालविवाहको अवस्था भयावह छ’, उनले भनिन्, ‘जसले गर्दा कलिलै उमेरमा आमा बन्नेको सङ्ख्या धेरै छ । सानै उमेरमा बच्चा जन्माएका कारण पहिलो त आमा र बच्चाको ज्यान नै खतरामा पर्ने गर्दछ। बाँचेका बच्चा पनि कुपोषण हुनुका साथै विभिन्न रोग तथा सङ्क्रमणबाट ग्रसित हुने गरेका छन्।’

Xtrem
Xtrem

प्रदेश अस्पतालका प्रमुख डा डम्बर खड्काका अनुसार अस्पतालमा प्रसूतिमा जटिलता आउने अधिकांश २० वर्षमुनिका छन्। ‘म आफैँले यो अस्पतालमा काम गरेदेखि यता धेरै महिलाको अप्रेशन गरेको छु जुन १९ वर्ष भन्दामुनिका आमा धेरै छन्’, उनले भने, ‘बच्चाको जन्म अन्तर पनि खासै फरक देखिँदैन ।’  अस्पतालमा आउने धेरै आमालाई जन्म अन्तर कम्तीमा पनि पाँच वर्षको फरक पार्नु पर्छ भनेर सल्लाह दिने गरेको अस्पतालले जनाएको छ । 
बालविवाहको विषयमा विद्यालय तहबाटै पाठ्यक्रममा समावेश गरेर अध्यापन गराउनुपर्ने जरुरी रहेको  डा अर्चना कार्कीले बताइन्। ‘म आफू एक डाक्टर मात्रै होइन एक आमा पनि हो’, उनले भनिन्, ‘त्यसैले अहिले गाउँगाउँमा युवायुवतीलाई छिटो विवाह गरे पछि के हुन्छ र धेरै ढिलो विवाह गरे के हुन्छ यसको बारेमा सरकारको तर्फबाट शिक्षा दिन जरुरी  छ ।’ रासस
 

प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६  ०८:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्