नेपाल लाइभ समाचार [भिडियो]

नेपाल लाइभ | २०७६ माघ २९ बुधबार | Wednesday, February 12, 2020 १९:३५:०० मा प्रकाशित

काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः

१) ललिता निवास प्रकरणबारे सर्वोच्चमा एकै दिन दुई वटा रिट, प्रधानमन्त्रीद्वय भट्टराई र नेपाललाई मुद्दा चलाउन माग, विशेष अदालतले जारी गर्‍यो ७ जनाविरुद्ध १५ दिने म्याद । 

२) ८० प्रतिशत विकास खर्च गर्ने सरकारको प्रक्षेपण, राजस्व असुली ९५ प्रतिशत नाघ्ने, लक्षित बजेटमा करिब १० प्रतिशत आकार घटाउने ।

३) भरतपुर विमानस्थल विस्तारमा नेकपा अध्यक्ष प्रचण्डको दबाब, कानुनविपरीत सट्टा–पट्टाको नाममा नेपाल ट्रष्टको जग्गा सेनालाई दिने तयारी । 

४) आइसिसी विश्वकप क्रिकेट लिग टु–अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालको जित, अमेरिका ८ विकेटको पराजित, कीर्तिमान बनाउनबाट चुक्यो नेपाल ।

५) र, दिल्ली विधानसभामा केजरीवालको ह्याट्रिक, आम आदमी पार्टीले ६२ सिट जित्दा सत्तारुढ भारतीय जनता पार्टी आठ स्थानमा सीमित, कांग्रेस आईले खाता नै खोल्न सकेन ।

पूरा समाचार भिडियोमा