राजविराज– जबर्जस्ती करणी र राहदानी चोरी मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
हनुमाननगर कंकालनी नगरपालिका–११, इनर्वाका ५० वर्षीय हरिनारायण यादवलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले यादवलाई वडा नम्बर ९ बाट पक्राउ गरेको हो। उनी हनुमाननगर कंकालिनी नगरपालिका– ११ का वडाध्यक्ष मोहीण् यादवका भाइ हुन्।
जबर्जस्ती करणी र राहदानी चोरी मुद्दामा सर्बोच्च अदालतको ०७६ जेठ १ गतेको फैसला कार्यान्वयनका क्रममा यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले बताए। उनलाई बुधबार अदालतमा उपस्थित गराईने भारतीले जानकारी दिए।
एक हप्ताअघि ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका राजविराज नगरपालिका–१५ का वडाध्यक्ष रामप्रसाद यादवलाई समेत प्रहरीले पक्राउ गरेको थियो। व्यक्ति हत्या गरेको आरोपमा यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भारतीले बताए। उनलाई गत माघ २२ गते जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।