• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसद् अवरोध : कांग्रेसलाई हात लाग्यो शून्य

64x64
नेपाल लाइभ बुधबार, माघ २९, २०७६  १५:१५
1140x725

काठमाडौं- ललिता निवास जग्गा अनियमितता प्रकरणमा गत माघ २२ गते ११० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्दा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस अख्तियारसँग सबैभन्दा बढी रुष्ट देखियो। त्यसको मुख्य कारण थियो– पार्टी उपसभापति विजय गच्छदार मुछिनु। 

अख्तियारको अभियोग पत्रमा गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार रुपैयाँको विगो माग गरिएको थियो। संसदीय दलका उपनेतासमेत रहेका गच्छदारलाई मुद्दा दायर भएपछि पार्टी सभापति शेरबहादुर देउवाले आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाए। राजनीतिक पूर्वाग्रह राखेर गच्छदारमाथि अभियोग लगाइएको निष्कर्ष निकालियो। सोही दिन भ्रातृ संस्थाका प्रमुखलाई डाकेर गच्छदारको पक्षमा सडक ओर्लन निर्देशन दिइयो। 

मुद्दा दायर भएको अर्को दिन प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गरि आफ्ना सत्तारुढ दलका नेतालाई उन्मुक्ति दिएर गच्छदारलाई पूर्वाग्रह गरेर फसाइएको आरोप लगाए। पदाधिकारी बैठक, प्रवक्ताको पत्रकार सम्मेलन, संसद अवरुद्ध, भ्रातृ संस्थाको सडक आन्दोलन लगायतका क्रियाकलाप मुलतः नेकपा नेतालाई पनि अभियोग लाग्नुपर्नेमा केन्द्रीत थियो।

आफ्नैमात्र बचावट

२०६६ सालमा तत्कालीन एमालेको नेतृत्वमा बनेको सरकारमा गच्छदार भौतिक निर्माण तथा योजना मन्त्री थिए। प्रधानमन्त्री निवास बिस्तार र नक्कली मोही कायम गर्ने प्रस्ताव उनको मन्त्रालयबाट मन्त्रिपरिषदमा पुगेको थियो।मोही कायम गर्ने क्रममा गच्छदारको बदनियत देखिएको आयोगको ठहर छ। 

२०६९ सालमा भूमि व्यवस्थामन्त्री बनेका चन्द्रदेव जोशीलाई समेत सोही प्रकृतिको अभियोगमा अख्तियारले मुद्धा दायर गर्‍यो। पूर्वमन्त्री डम्बर श्रेष्ठ र छविराज पन्तसमेत जग्गा अनियमिततामा तानिए।  

आफ्ना नेता फसाइएको आरोप लगाएको प्रमुख प्रतिपक्ष दलले पूर्वमन्त्री जोशी, श्रेष्ठ र पन्तको विषयमा भने मुख खोलेन। कांग्रेसको प्रमुख चिन्ता पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा महासचिव विष्णु पौडेलका पुत्र र तत्कालीन मुख्य सचिव लिलामणी पौडेल अनियमिततामा नमुछिएकोप्रति थियो। मन्त्रिपरिषद निर्णयको उत्तरदायी प्रधानमन्त्री र मुख्य सचिव हुने कांग्रेसको ठहर छ। अख्तियारले आफ्ना नेतामाथि विभेद गरेको ठान्ने कांग्रेसले अन्य पूर्वमन्त्रीलाई विभेद भएको भने देखेन। 

कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै दुरुपयोग भएको ठान्छन्। अख्तियार दुरुपयोग आयोगलाई सत्तारुढ दलले आफूअनुकुल परिचालन गरेको उनको बुझाइ छ। उनले भने,‘सबैलाई मुद्दा हाल्नुपर्नेमा दोषी देख्नु नपर्नेलाई मुद्दा दायर गरिएको छ। जग्गा नामसारी र हिनामिनामा भौतिक मन्त्रालय पर्दैन।’ मन्त्रीपरिषदको निर्णयलाई मन्त्रीलाई मुछ्न मिल्दैन भनि कांग्रेसले आवाज उठाउनु अन्य पूर्वमन्त्रीको पक्षमा समेत भएको उनको जिकिर छ।

Ncell 2
Ncell 2
nimb
nimb

संसद अवरुद्ध किन?

संसदीय दलका नेता गच्छदारविरुद्ध मुद्दा दायर भएसँगै यसबीचमा तीन पटक संसदीय दलको बैठक बस्यो। तर मंगलबार बसेको बैठकले प्रतिनिधि सभा अवरुद्ध नगर्ने निर्णय गर्‍यो। कांग्रेसले उठाएको मुद्धा सम्बोधन भएर संसद अवरुद्ध नगर्ने निर्णय गरिएको भने होइन।

तीन दिन संसद बैठक अवरुद्ध गरेको कांग्रेसले संविधानको व्यवस्था ढिलो बुझेजस्तै गरेको छ। संविधानको धारा १०५ मा ‘बहसको बन्देज’को व्यवस्था गरिएको छ। ‘नेपालको कुनै अदालतमा विचाराधीन मुद्धाका सम्वन्धमा न्याय प्रतिकूल असर पार्ने विषय तथा न्यायाधीशले कर्तव्य पालनको सिलसिलामा गरेको न्यायीक कार्यको सम्वन्धमा संघीय संसदको कुनै सदनमा छलफल गरिने छैन,’ उल्लेख छ। 

अदालत प्रवेश गरिसकेको विषयमा छलफल नगरिने संवैधानिक व्यवस्थाको बर्खिलापमा संसद अवरुद्ध गरेको कांग्रेसलाई आरोप लागेको छ। कांग्रेस नेता विश्वकर्मा संसद अवरुद्ध गर्नुको कारण जनतालाई जानकारी गराउनु भएको बताउँछन्। न्यायालयको विरोधमा नभएर सरकार अख्तियारको छाया बनेको प्रति संसदमा अवरोध गरिएको भन्दै उनले कांग्रेसको प्रतिरक्षा गरे। ‘सडक र सदनमा अख्तियारको विषय राखिसक्यौं। न्यायपालिकामा प्रवेश गरेको विषयमा अवरुद्ध गर्नहुँदैन भनेर नै संसद सुचारु भएको छ,’ नेता विश्वकर्माले भने,‘हामीले अख्तियारको विरोध गरेका हौं, विशेष अदालतको होइन।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अख्तियार नेकपाको भ्रातृ संस्था बनेर सरकारकै निर्देशनमा परिचालित भएको कांग्रेसको आरोप छ।

सोमबार बसेको केन्द्रीय समिति बैठकमा नेता गच्छदारलाई कानुनी उपचार आफ्नै तरिकाले खोज्न केन्द्रीय सदस्यहरुले सुझाव दिएका थिए। अदालतमा विचाराधीन मुद्दामा संसद अवरुद्ध गर्न नहुने मत बढेसँगै मंगलबारदेखि संसदलाई कांग्रेसले अवरोध गरेन।

 

प्रकाशित मिति: बुधबार, माघ २९, २०७६  १५:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ?
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
सम्बन्धित सामग्री
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? उनले यसअघि केपी शर्मा ओली, सुशीला कार्की र वर्तमान सरकारको समेत आलोचना गर्दै आएको उल्लेख गरे । व्यक्तिगत सम्बन्ध आफ्नो ठाउँमा भए पनि... शुक्रबार, कात्तिक २७, २०८३
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश मनोजकुमार शर्माले नवनियुक्त न्यायाधीशहरूल... शुक्रबार, कात्तिक २७, २०८३
‘सरकार कोठा खाली छ’ आन्दोलनलाई समर्थन गर्न जेनजी अगुवा मिराज ढुंगाना माइतीघरमा दलित अभियान्ता दीपा नेपाली सरकारलाई ‘सरकार, कोठा खाली छ?’ भन्ने प्रश्न सोध्न लिएर सडकमा उभिएको लामो समय भयो । शुक्रबार, कात्तिक २७, २०८३
ताजा समाचारसबै
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? शुक्रबार, कात्तिक २७, २०८३
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्